प्रदेश

प्यूठानमा जँगलको डढेलो गाउँमा सल्किँदा घर गोठसहित लाखौंको क्षति




कपिलवस्तु, ०८ वैशाख । प्यूठानमा शुक्रबार साँझ जँगलमा लागेको डढेलो गाउँमा पसेपछि लाखौको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार झिमरुक गाउँपालिका–३ सिख्रेटाकुरा समुदायिक वनमा लागेको आयो हावाहुरीका कारण एक्कासी गाउँ पसेको थियो ।

आगलागीबाट स्थानीय भेडावारी बस्ने मोहन बहादुर के।सी।को बाख्रा गोठ तथा कुखुराको फर्ममा आगलागी हुँदा ४ वटा बोका जलेर मरेका छन् भने २ वटा बाख्रा र एउटा पाडा घाइते हुँदा करिब ३ लाख ३५ हजार बराबरको आर्थिक क्षति भएको छ । यसैगरी धनमुडा बस्ने भिम पौडेलको फुसले छाएको कच्ची घर र गोठ जलेर नष्ट हुँदा ४ लाख २४ हजार बराबरको आर्थिक क्षति भएको प्रहरीले जनाएको छ । सोही ठाउँका गिरु बहादुर पौडेलको टिनले छाएको कच्ची घरमा आंशिक क्षेती भएको छ भने फुसले छाएको गोठ पूर्ण रुपमा जलेको छ । उक्त घटनामा २ लाख ४० हजार आर्थिक क्षति भएको दाबी गरिएको छ ।

यसैगरी धनमुडा बस्ने स्याम लाल पौडेलको कच्ची घर र गोठ जलेर नष्ट भएको छ भने एउटा परेको छ । पौडेलले ४ लाख ५० हजार बराबरको आर्थिक क्षति व्यहोर्नुपरेको दाबी गरेका छन् । यसैगरी सोही वडाको बेवरे बस्ने नरेन्द्र प्रसाद पोख्रेल र बाबुराम पोख्रेलको गोठ जलेर नष्ट हुँदा दुबैजनाको गरी २ लाख आर्थिक अनुमान गरिएको छ ।

प्रकाशित : ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६