प्रदेश

गुल्मीमा माछा मार्ने क्रममा डुबेर एकको मृत्यु



गुल्मी, ०८ वैशाख । गुल्मीमा माछा मार्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका ६, खैरेनीका कमलदिन मियाँका १४ वर्षीय छोरा युवराजदिन मियाँको बडिगाड खोलामा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार शुक्रवार साँझ करिब ६स्०० बजेको समयमा युवराजदिन मियाँ बल्छीबाट माछा मार्न भनी बडिगाड खोलामा गएका थिए । साँझ ८ः०० बजेसम्म घर नआएपछि छर छिमेकी मिलेर खोजतलास गर्ने क्रममा खोलाको किनारमा तैरिएको मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी शङ्कर पोखरेलले जानकारी दिनुभयो ।

राति करिब १०ः०० बजेको समयमा नै घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय जोहाङका प्रहरी नायब निरीक्षक ज्ञान बहादुर खत्रीको कमान्डमा चार जनाको प्रहरी टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धानसँगै मुचुल्काको लागि इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक अनिल थापाको कमान्डमा प्रहरी पुगेको बताइएको छ । शवलाई पोस्टमार्टमका लागि तम्घास अस्पतालमा ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६