ब्रेकिंग न्युज

देशका विभिन्न प्रदेशमा ठूलो हावाहुरी, २४ घण्टे चेतावनी




कपिलवस्तु, ०८ वैशाख ।
आज (शनिबार) काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हावाहुरी आइरहेकाले सचेत रहने मौसम पूर्वानुमान महाशाखाले आम नागरिकलाई अनुरोध गरेको छ।

महाशाखाका अनुसार यतिबेला (शनिबार दिउँसो) कोसी, बागमती र लुम्बिनी प्रदेशका विभिन्न स्थानहरूमा हावाहुरी चलिरहेको छ। महाशाखाले भनेको छ, ‘गणितीय मौसम पूर्वानुमानअनुसार आज दिउँसो देशका तराईका केही भूभागमा २४ मिटर प्रतिसेकेण्ड सम्मको हावाहुरी चल्ने सम्भावना छ।’ महाशहाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ, ‘बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थान र बाँकी प्रदेशको थोरै स्थानमा हावाहुरीको सम्भावना छ। साथै कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा वर्षारहिमपातको सम्भावना समेत रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले केही बेरअघि काठमाडौँ उपत्यकामा पनि ठूलै हावाहुरी चलेको जानकारी दिए।शनिबार दिउँसो १:४५ बजे उनले भने, ‘केही अघि काठमाडौँको एयरपोर्ट क्षेत्रमा १५ मिटर प्रतिसेकेन्ड गतिको हावाहुरी चलेको थियो यो भनेको ठूलै हो, उनले भने अहिले भने प्रतिसेकेन्ड ८ मिटर प्रतिसेकेन्डको हावाहुरी चलिरहेको छ, तर फेरि बढ्ने सम्भावना पनि छ।’

यस्तै आज दिउँसो रुपन्देहीको भैरहवामा १५ मिटर प्रतिसकेन्डको हावाहुरी चलेको जानकारी उनले दिए। ‘आज दिउँसो लुम्बिनी प्रदेशका पनि धेरै स्थानमा हावाहुरी चलेको छ’, उनले भने।

खासगरी पश्चिमी तराई र पूर्वी तराईमा हावाहुरीको सम्भावना बढी रहे पनि कोसी प्रदेशको पहाडी क्षेत्रमा पनि आज हावाहुरी चलेको उनले बताए।

प्रकाशित : ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६