प्रदेश

अर्घाखाँचीमा आगलागीबाट ४३ वटा घरगोठ जले



अर्घाखाँची, ०९ वैशाख । अर्घाखाँचीका विभिन्न ठाउँमा हिजो शनिवार भएको आगलागीमा ४३ वटा घरगोठ जलेर नष्ट भएका छन् । हिजो भएको आगलागीले २० वटा घर, २३ वटा गोठ, ११ वटा बाख्रा र छ वटा भैँसी जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक दीपेन्द्र रावलले जानकारी दिनुभयो ।

भूमिकास्थान नगरपालिका वडा नम्बर ३ः४ धारापानीमा हिजो भएको भीषण आगोलागीमा २३ वटा घरगोठ जलेर नष्ट भएका छन् । धारापानीको रातामाटा, जाबुनडाडा, बाजाखर्क, फलामखिल्जी लगायतका गाउँमा आगलागी भएको हो ।

पाणिनि गाउँपालिकामा दुई वटा घर र पाँच वटा गोठ जलेका छन् । यस्तै शितगङ्गा नगरपालिकाको भेडामारे, डोहोटे, गल्डुङ्ग लगायतका ठाउँमा पनि आगलागीबाट क्षति भएको छ ।

प्रकाशित : ९ बैशाख २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६