देश

राष्ट्रिय सभा उपाध्यक्ष घिमिरे पार्टीको जिम्मेवारीबाट अलग



काठमाडौं, ०९ वैशाख । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् । आइतबार विज्ञप्ति जारी गर्दै घिमिरेले आफू पदमा रहँदासम्म संसदीय मर्यादा र परम्परालाई सम्मान गर्न पार्टीको जिम्मेवारीबाट अलग भएको बताएकी हुन् ।

घिमिरेले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा रहेर संविधान, प्रचलित कानून र राष्ट्रिय सभा नियमावलीले निर्देशित काम तटस्थ र निष्पक्षताका साथ निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

२८ चैत्रमा घिमिरे नेकपा एमालेको तर्फबाट राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । आइतबार आफ्नो कार्यकक्षमा सञ्चारकर्मीहरूसँग भेटघाट गर्दै उपाध्यक्ष घिमिरेले महिला सांसदहरूले बोलेको कुरामा विभिन्न टिकाटिप्पणी र हतोत्साहित गर्न नहुने बताइन् ।

उनले महिला सांसदहरूको क्षमतामाथि समेत प्रश्न उठाइने गरेको भन्दै त्यसो गर्नु नहुने धारणा राखिन् । घिमिरेले भनिन्, ‘व्यक्तिको बोल्ने तरिका फरक–फरक हुन्छ । कतिपय महिला सांसदहरूले बोलेको कुरालाई भावमा बुझ्न म आग्रह गर्छु ।’

प्रकाशित : ९ बैशाख २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६