प्रदेश

८औँ प्राचीन कपिलवस्तु महोत्सव सम्पन्न



कपिलवस्तु, ०९ वैशाख । चैत्र २७ देखि सदरमुकाम तौलिहवामा सञ्चालन भएको आठौं प्राचीन कपिलवस्तु महोत्सव सम्पन्न भएको छ । १२ दिनसम्म सञ्चालन भएको महोत्सवको समापन गर्दै संविधान सभा सदस्य एवं पूर्वमन्त्री दान बहादुर चौधरीले तौलिहवा उद्योग बाणिज्य संघले सदरमुकामको शाख जोगाउन गरेको प्रयत्नको खुलेरै प्रसंशा गरे । यहाँका ब्यवसायी तथा ब्यापारीहरुको उत्साहलाई उचो राख्न महोत्सवले समेत थप सहयोग गरेको भन्दै सामाजिक कामका लागि महोत्सवको आयोजना गरेर अगाडि बढिरहँदा अन्य संघ संस्थाहरुले पनि यस्ता कामलाई अनुशरण गर्नुपर्नेमा जोड दिए ।

महोत्सवको आयोजना गरी जिल्लाको दक्षिणी क्षेत्रमा पर्यटन, धार्मिक समग्रतालाई गन्तब्य बनाउनतर्फ लागिरहेको र त्यसमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत चौधरीले ब्यक्त गरे । त्यस्तै कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले तौलिहवा उद्योग बाणिज्य संघले आफ्नो उद्देश्यमा अगाडि बढ्दै उद्देश्यलाई पूरा गर्नतर्फ लागिरहेको र त्यसमा आफ्नो सधैं साथ र सहयोग रहने बताए ।

महोत्सवमा संचालित तेस्रो प्राचीन कपिलवस्तु डान्स आइडलका मुख्य प्रायोजक रोयल रेष्टुरेन्टका सञ्चालक गोपाल खत्रीले महोत्सवको आयोजना गरी विशुद्ध सामाजिक काममा अगाडि बढिरहेको उद्योग बाणिज्य संघसंग आफ्नो संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्नेगरी सहकार्य गर्न पाउदा निकै खुसी लागेको बताए । यहाँ हुने जुनसुकै कार्यको अपनत्व स्थानीय सरोकारवाला सबै पक्षले लिएर जिम्मेवारीपन देखाउनु पर्नेमा समेत उनले जोड दिए ।

समापन कार्यक्रममा कपिलवस्तु नगरपालिकाका सामाजिक बिकास अधिकृत पदमराज श्रेष्ठ, खाद्य गुणस्तर तथा प्रविधि डिभिजन कार्यालय प्रमुख रमेश दाहाल, राप्रपा कपिलवस्तु प्रवक्ता भुमिराम गिरी लगायतले बोल्दै महोत्सवले आगामी दिन थप रणनीति र योजना बनाई उल्लासमय गतिविधि गर्नुपर्नेमा जोड दिए । आयोजक पक्षले आगामी दिनमा आन्तरिक तथा बाह्य पर्यटक, स्थानीय क्षेत्रको पहिचान झल्कने गरि काम गर्न आग्रह उनीहरुको थियो ।

महोत्सवमा ख्याति प्राप्त कलाकारसंगै अन्तर्राष्ट्रिय कलाकारहरुको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए । बालउद्यान, झुलामा समेत उल्लेख्य दर्शकको उपस्थिती रहेको थियोे । ‘कपिलवस्तु जिल्लाको समग्र बिकासको आधार, धार्मिक स्थलको प्रवद्र्धन, कृषि, उद्योग तथा ब्यापार’ भन्ने नाराका साथ आठौं प्राचीन महोत्सव शनिबार सम्पन्न गरिएको हो ।

महोत्सवका मूल समारोह संयोजक तथा तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गयादिन कुर्मी (दिपु)को अध्यक्षता रहेको कार्यक्रममा मूल समारोह सह–संयोजक संदीप कुमार श्रीवास्तवको समिक्षात्मक मन्तब्यमा सम्पन्न गरिएको थियो ।

प्रकाशित : ९ बैशाख २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६