प्रदेश

तेस्रो प्राचीन कपिलवस्तु डान्स आइडलको उपाधि प्रियांसाले जितिन्



कपिलवस्तु, ०९ वैशाख । कपिलवस्तुको सदरमुकाम तौलिहवामा सञ्चालित तेस्रो प्राचीन कपिलवस्तु डान्स आइडल प्रतियोगिताको उपाधि प्रियांसा श्रेष्ठले जितेकी छन् । तौलिहवा उद्योग बाणिज्य संघ कपिलवस्तुको आयोजनामा चैत्र २७ गतेदेखि सञ्चालित प्रतियोगिताको फाइनलमा शनिबार पाँच जनाबीच उपाधिको प्रतिष्पर्धा भएको थियो ।

फाइनलमा अन्य चार प्रतिष्पर्धीलाई पछि पार्दै श्रेष्ठले उपाधि जितेकी हुन् । उपााधिसंगै उनले ३० हजार रुपैयां नगद पुरस्कार र विभिन्न उपहार पाएकी छन् । यस्तै तेस्रो प्राचीन कपिलवस्तु डान्स आइडलमा अजय र सुस्माको जोडि दोस्रो भएका छन् । उनीहरुले नगद २० हजार प्राप्त गरेका छन् । दुर्गेश बिश्वशान्ती तेस्रो हुंदै १० हजार नगद पुरस्कार पाए । माहि मल्लाहले सान्त्वना स्थानमा चित्त बुझाउन बाध्य भईन् ।

प्रतियोगितामा २५ जनाले भाग लिएका थिए । जसमध्ये अडिसनबाट १२ जना छनोट भए र ती मध्ये १० जना भोटिङ राउण्डमा आएका थिए । १० जना मध्ये निर्णायकको मूल्यांकन ३० अंक र दर्शकले दिने भोटको ७० अंकका आधारमा हरेक दिन एक–एक जना प्रतियोगी बाहिरिंदै जांदा अन्तिम पाँचजना बीच उपाधि भिडन्त भएको हो ।

विजयी प्रतियोगीहरुलाई संविधान सभा सदस्य तथा पूर्वमन्त्री दान बहादुर चौधरी, कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेल, महोत्सव संयोजक गयादीन कुर्मी (दिपु), सहसंयोजक सन्दीप श्रीवास्तव, डान्स आइडल संयोजक सुमन पौडेल लगायतले पुरस्कार प्रदान गर्दै नृत्य प्रतिभाहरुको कला प्रष्फुटन गर्ने प्लेटफर्म दिन डान्स आइडल प्रतियोगितालाई निरन्तरता दिइएको बताए ।

प्रकाशित : ९ बैशाख २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६