प्रदेश

लुम्बिनीमा ३ सय ठाउँमा डढेलो



कपिलवस्तु, १० वैशाख ।
लुम्बिनी प्रदेशमा ३ सय ठाउँमा डढेलो लागेको छ । प्रदेशको चुरे, महाभारत र तराईका साझेदारी वन क्षेत्रमा डढेलो लागेको हो । डढेलोको त्रास बस्तीमा समेत फैलिएको छ।

आइतबार साँझसम्म प्रदेशको ११ हजार ४ सय ४८ हेक्टर वनमा डढेलो लागेको वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालयका वन अधिकृत एव सूचना अधिकारी डिलाराम पौडेलले रातोपाटीलाई जानकारी दिए ।

उनले प्रदेशका विभिन्न ३ सय स्थानमा डढेलो लागेको जानकारी दिए । प्रदेशको पूर्वी रुकुममा २३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ भने कपिलवस्तुको २१ सय हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ ।

उता, दाङमा २५ सय हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ भने बर्दिया जिल्लामा ८० स्थानमा डढेलो लागेको छ। अर्घाखाँची जिल्लामा लागेको डढेलोबाट ३५ घर गोठ जलेको वन कार्यालयले जनाएको छ । यस्तै यहाँ २१ वटा चौपाया समेत मरेका छन् । अर्घाखाँचीमा लागेको डढेलो साँझ नियन्त्रणमा आएको छ । पाल्पामा ५५ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ ।

यस्तै गुल्मीमा लागेको डढेलो पनि नियन्त्रणमा आएको छ । गुल्मीमा डढेलोबाट सबैभन्दा बढी क्षति भएको वन कार्यालयले जनाएको छ । गुल्मीको इस्मा गाउँपालिकामा आगलागीबाट ४१ वटा घर जलेका छन् भने ४८ वटा गोठ जलेका छन् । आगलागीमा ८३ वटा पशु चौपाया जलेका छन् ।

यसअघि वैशाख ३ गते डढेलोकै कारण गुल्मीमा एक जनाको मृत्यु भएको थियो । मुसिकोट नगरपालिका–१ तल्लो पौनीस्थित सर्वोदय माविको जग्गाको सल्लाघारीमा लागेको डढेलो निभाउने क्रममा लडेर ५८ वर्षका महले घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शङ्कर पोखरले बताए।

यता, रुपन्देहीको बुटवलस्थित शिव नगर सामुदायिक वन र चारपालामा पनि डढेलो लागेको प्रदेश वन कार्यालयले जनाएको छ ।

प्रकाशित : १० बैशाख २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६