प्रदेश

लुम्बिनीका कृषि मन्त्री अहिरको राजीनामा तत्काल स्वीकृत नहुने



कपिलवस्तु, १० वैशाख । लुम्बिनी प्रदेशका कृषि मन्त्री भण्डारीलाल अहिरले पदबाट दिएको राजीनामा तत्काल स्वीकृत नहुने भएको छ । लुम्बिनी प्रदेश सरकार प्रवक्ता एवं स्वास्थ्य मन्त्री दीपेन्द्र पुनले कृषि मन्त्री अहिरले दिएको राजीनामा तत्काल मुख्यमन्त्री जोख बहादुर महराले स्वीकृत नगर्ने बताए ।

मुख्यमन्त्री काठमाडौँ गएको बेला अकस्मात् मन्त्री अहिरले राजीनामा दिएकाले तत्काल स्वीकृत नगर्ने प्रवक्ता पुनले बताए । उनले भने, ‘यो गठबन्धन सरकार हो, मन्त्री भन्दा पनि गठबन्धन ठुलो तर उहाँको चित्त नबुझेको विषयमा छलफल गर्न सकिन्थ्यौ एक्कासि राजीनामा दिएर ठुलो गल्ती गर्नुभयो ।’

पुनले मुख्यमन्त्रीले यो विषयमा केन्द्रीय नेताहरूसँग सल्लाह गरेर अगाडि बढ्ने बताए । लुम्बिनीमा सरकार बनाउने बेला गठबन्धनबिच आफ्नो पार्टीलाई दुई मन्त्रालय दिने सम्झौता भएको तर नदिएको भन्दै अहिरले मन्त्री पदबाट राजीनामा दिएको बताएका छन् । उनले सरकारको समर्थन भने कायम राख्ने बताए । जसपाको लुम्बिनी प्रदेशमा ३ सिट छ ।

प्रकाशित : १० बैशाख २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६