प्रदेश

बाणगङ्गा पुलचोकमा आगलागी, करिब १२ लाख बराबरको क्षति




हरि घिमिरे
बाणगङ्गा, १० वैशाख ।
कपिलवस्तुको बाणगङ्गामा आगलागी हुँदा करिब १२ लाख बराबरको क्षति भएको छ । सोमवार बिहान करिब पौने १० बजेको समयमा विद्युत सर्ट भएर आगलागी भएको हो । बाणगङ्गा वडा न. ८ पुलचोकको खड्क कलौनिमा आगलागी भएको हो । आगलागीबाट एउटा बंगुर फर्म जलेर नष्ट भएको छ ।

त्यस्तै तिन वटा टहरा जलेर पूर्ण रुपमा नष्ट भएका छन् । स्थानीय दिल बहादुर थापाका ६ वटा माउ बंगुर  र ३ वटा बच्चा बंगुर मरेको जनाईएको छ । बङ्गुर फर्ममा लागेको आगोका कारण साना ठूला गरि करिब ९ वटा बङ्गुर मर्दा करिब ८ लाख बराबरको क्षति भएको छ ।

 यस्तै केशव बहादुर थापा, दुध बहादुर चौधरी र बालकुमारी सुनार को घर जल्दा १ / १ लाखको क्षति भएको इलाका प्रहरी कार्यालय पिपराका प्रमुख गोपाल जङ्ग रायमाझीले बताए ।


आगो केही घण्टा पछि बाणगङ्गा, कपिलवस्तु र शिवराज नगरपालिकाको ३ वटा दमकल, १ वटा ट्याङ्कर, जनपथ प्रहरी, शसस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा  नियन्त्रणमा आएको थियो । 

प्रकाशित : १० बैशाख २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६