प्रदेश

नवलपुरमा पानीको माग गर्दै संसारीमाईको पूजा



नवलपुर, १५ वैशाख। लामो समयसम्म पानी नपरेपछि नवलपुर कावासोतीका स्थानीयले सामूहिक पूजा गरेका छन् । जिल्लाको कावासोती नगरपालिका ३ मा सामूहिक रुपमा संसारीमाईको पूजा गरिएको हो । पानी नपरेर खेतबारीमा लगाएका तरकारी बाली, अन्नबाली तथा फलफूल सुक्न थालेपछि संसारीमाईको पूजा गरिएको हो ।

स्थानीय मैना श्रेष्ठले वैशाखको आधा महिना जादा समेत यहाँ पानी नपर्दा खडेरीका कारण खेतबारीमा लगाइएको तरकारी तथा अन्नबालीका साथै फलफूल सुक्न थालेपछि स्थानीयले पानी पारिदिन आग्रह गर्दै संसारीमाईको पूजा गरेको बताउनुभयो । विगतदेखि नै पानी नपर्दा रुद्री लगाउने, इन्द्रको पूजा गर्ने गरिदैँ आएको र शनिबार संसारीमाईको पूजा गरेको बताउनुभयो ।

यस संसारीमाईको पूजाआजा गर्दा सुरुमा गाउँको तर्फबाट एउटा पाठो बलि दिने गरिन्छ । लामो समयसम्म खडेरी परेकाले बलि दिएमा पानी पर्ने जनविश्वास रहेको छ । गर्मीका कारण दैनिक जनजीवन प्रभावित हुनुका साथै कृषकले खेतबारीमा लगाएको अन्नबाली सुक्दै जान थालेकाले पूजा गरिएको सन्तोषी घर्तिले बताउनु भयो ।

परापूर्वक कालदेखि नै लामो समय पानी नपरी खडेरी हुँदा देवतालाई पूजा गर्दा पानी परेको किम्बदन्ती अहिलेसम्म पनि यथावत रहेको प्रध्यापक शालिकराम कोईरालाले बताउनु भयो । समय अनुसार परिवर्तन भएपनि परापूर्वकालदेखि गर्दै आएको संस्कृति अनुसार पूजा गर्ने प्रचलनलाई निरन्तरता दिएको उहाँको भनाइ छ ।

प्रकाशित : १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६