प्रदेश

डेढ महिनाको अवधिमा अर्घाखाँचीमा १ सय ३ घरगोठ जले



अर्घाखाँची, १५ वैशाख ।
अर्घाखाँचीमा आगलागीका कारण डेढ महिनामा एक सय तीन घरगोठमा जलेका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरले गत चैत एक गतेदेखि वैशाख १२ गतेसम्म जिल्लाभर एक सय तीन घरगोठ जलेका जानकारी दिए । वैशाख महिनामा मात्र जिल्लाभर ३१ स्थानमा आगलागी भएको पनि उनले बताए ।

राठोरका अनुसार वन क्षेत्रमा लागेको आगोको लप्का बस्तीमा फैैलिएपछि ४२ घर पूर्ण र एक घरमा आंशिक क्षति भएको छ । अहिले आगलागी पीडित परिवार खुला आकाशमा बस्न बाध्य छन् । त्यसैगरी ५८ गोठ पूर्ण र दुई गोठमा आंशिक क्षति भएको, ५३ पशुचौपाया मरेका र १९ पशुचौपाया घाइते भएका, डढेलोमा एउटा मोटरसाइकल र दुईवटा साइकल पनि जलेका जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ ।

त्यस्तै, चालु आर्थिक वर्षमा जिल्लाका एक सय १३ स्थानका दुई हजार १८ हेक्टर क्षेत्रफलमा डढेलो लागेका डिभिजन वन कार्यालयका वन अधिकृत यादव सापकोटाले बताए । वन क्षेत्रमा घाटगद्दी गरिएका पाँच सय ८३ क्युफिट काठ जलेर नष्ट भएका उनको भनाइ छ ।

प्रकाशित : १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६