प्रदेश

निर्वाचन पद्धति परिवर्तन गर्नुपर्छः सभामुख घिमिरे



पाल्पा, १५ वैशाख । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सरकारको स्थायित्व कायम गर्न निर्वाचन पद्धति परिवर्तन गर्नुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघ पाल्पा शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा शनिबार बोल्दै सभामुख घिमिरेले अहिलेको प्रणालीले स्थायी सरकार दिन नसक्ने भएकाले परिवर्तन आवश्यक भएको बताएका हुन् ।

‘एउटा दलको बहुमत आउने खालको सरल निर्वाचन प्रणाली आवश्यक छ,’ उनले भने, ‘हामीले निर्वाचन पद्धति फेर्नुपर्ने आवश्यकता देखेका छौं ।’

सभामुख घिमिरेले संघीय संसद्का दुवै सदन र सातै प्रदेशका सभामुख, उपसभामुख सहितको छलफलबाट सदनलाई प्रभावकारी बनाउन खेल्नुपर्ने भूमिकाबारे गहन छलफल भएको जानकारी दिए ।

पाल्पामा दुई दिनसम्म चलेको अन्तरव्यवस्थापिका भेलाले मुख्यतः कानुन बन्नुपर्ने विषय, बनेको कानुनको कार्यान्वयन र कार्यान्वयनमा देखिएका समस्याका बारेमा छलफल भएको सभामुख घिमिरेले बताए ।

लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले अन्तरव्यवस्थापिका भेलाले पास गरेको सात बुँदे पाल्पा घोषणापत्र सार्वजनिक गरेका थिए ।

आउँदो भेला गण्डकी प्रदेश सभाले गर्ने गरी सदनको भूमिका प्रभावकारी बनाउन संघ र प्रदेशमा सभा सञ्चालन गर्ने, कानुन निर्माणमा समन्वय गर्ने घोषणा पत्रमा समेटिएको छ । यो वर्षको अन्तरव्यवस्थापिका भेला लुम्बिनी प्रदेश सभाले पाल्पा सदरमुकाम तानसेनमा राखेको थियो ।

प्रकाशित : १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६