प्रदेश

उपत्यका बाहिर पहिलोपटक  ‘सम्पादक संवाद’ कपिलवस्तुमा 



कपिलवस्तु, १५ वैशाख। काठमाडौँ उपत्यका बाहिर पहिलोपटक कपिलवस्तुबाट ‘सम्पादक संवाद’ कार्यक्रम सुरु भएको छ । शनिबार जिल्लाको बुद्धभूमि नगरपालिकामा नेपाल प्रेस काउन्सिलले एक संगोष्ठी कार्यक्रममार्फत ‘सम्पादक संवाद’ कार्यक्रम थालनी गरेको हो । कार्यक्रममा कपिलवस्तुमा अनलाइन, युट्युब र पत्रपत्रिकामा काम गर्ने दर्जन बढी सम्पादकहरू जुटेका थिए । सोही सिलसिलामा पत्रकारहरूलाई आचारसंहिताको पालना, काम कर्तव्य र अधिकार बारे प्रशिक्षण दिइएको थियो भने संवाद पनि गरिएको थियो ।

प्रेस काउन्सिलका अध्यक्ष बाल कृष्ण बस्नेत र सदस्य ठाकुर बेलबासेले पत्रकार आचारसंहिता, पत्रकारिताको दायित्व, काम, कर्तव्य र अधिकार बारे प्रकाश पारेका थिए ।


सदस्य बेलबासेले पत्रकार भनेको को हो ? कस्तो हुनुपर्दछ र उनीहरूको सामाजिक परिचयका विषयमा कुरा राख्दै पत्रकार आचारसंहिताका विषयका बिभिन्न उदाहरण दिएका थिए । यस्तै अध्यक्ष बस्नेतले प्रेस काउन्सिलमा प्राप्त हुने उजुरी, कारबाही प्रकृया लगायतका बारेमा कुराहरू राखेका थिए ।

पत्रकारहरूले चलाउने सामाजिक सञ्जाल, लेख, रचना, समाचार सबै विश्वसनीय हुनुपर्ने भन्दै यसतर्फ ध्यान दिन आग्रह गरे । खबरदारी पत्रकारिता जरुरी रहे पनि तथ्यमा जानु पर्ने भन्दै गुणगान पत्रकारिताले पनि समस्या सिर्जना भएको उनको भनाई छ । बस्नेतले सम्पादकसँग संवाद कार्यक्रम मोफसलबाहिर पहिलो भएको बताउँदै यसले पत्रकारितालाई थप व्यवस्थित बनाउन मद्दत गर्ने बताए । सम्पादक संवाद कार्यक्रम देशभर सञ्चालन गरिने बस्नेतले बताए ।

सोही कार्यक्रममै बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठ, बाणगंगाका नगरप्रमुख चक्रपाणी अर्याल, कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेल, जिल्ला प्रकाशन कार्यालय कपिलवस्तुका निमित्त प्रमुख भवेश्वर घिमिरे, जिल्ला प्रहरी प्रमुख नवरत्न पौडेल लगायतले आआफ्नो धारणा राखेका थिए । पत्रकार महासंघ कपिलवस्तुले समन्वय गरेको कार्यक्रममा उनीहरूले कार्यक्रम निकै राम्रो भएको, पत्रकारसँग पहिलोपटक खुलेर आफ्ना कुरा राख्न पाएको भन्दै खुसी व्यक्त गरेका थिए ।


महासङ्घका पूर्व अध्यक्ष मनोज पौडेल, रेडियो मायादेवीका कार्यकारी निर्देशक तथा अपि टाइम्सका सम्पादक चन्द्रकान्त न्यौपाने, सञ्चारिका समुहकी पूर्व लुम्बिनी प्रदेश अध्यक्ष पार्वती पाण्डे, रेडियो परिवर्तनका स्टेसन म्यानेजर भुपाल थापा, रेडियो मायादेवीका स्टेसन म्यानेजर पिताम्बर घिमिरे ( हरि ), सहायक म्यानेजर हरि आचार्य लगायतले जिल्लाको अवस्था र समस्याको बारेमा अवगत गराएका थिए ।


महासङ्घका अध्यक्ष किरणमान बज्राचार्यको अध्यक्षता, सचिव जानु पाण्डेको सञ्चालन र उपाध्यक्ष हरि अधिकारीको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम निकै फलदायी भएको पत्रकार र जनप्रतिनिधिले बताए । काठमाण्डौपछि पहिलोपटक सम्पादकसँग संवाद कार्यक्रम आयोजना गरिदिएकोमा जिल्लाका पत्रकारहरूले प्रेस काउन्सिललाई धन्यबाद दिए ।

प्रकाशित : १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६