खेलकुद

कर्णालीलाई हराउँदै लुम्बिनीले जित्यो राष्ट्रिय टी–२० क्रिकेटको उपाधि



काठमाण्डौ, १७ वैशाख । वीर गणेशमान सिंह राष्ट्रिय टी–२० क्रिकेटको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । आज भएको फाइनल खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई ३१ रनले हरायो ।

लुम्बिनीले दिएको १ सय १७ रनको लक्ष्य पछ्याएको कर्णाली १५ ओभर ३ बलमा ८५ रनमा अल आउट भयो । कर्णालीका विपिन शाहीले सबैभन्दा धेरै २८ रन बनाए । यस्तै विपिन रावलले २३, दीपेन्द्र रावतले नट आउट १२ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कर्णालीका ४ जना खेलाडीले १ रन पनि जोड्न सकेनन् । लुम्बिनीका अभिषेक गौतमले ५, नर सार्कीले २ तथा कप्तान देव खनाल र निर्मल गुरुङले समान १ विकेट लिए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी प्रदेशले २० ओभरमा ९ विकेट गुमाएर १ सय १६ रन बनायो । लुम्बिनीका मृनल गुरुङले २७, विराट भण्डारीले २६, कृष्ण कार्कीले २२ रन बनाए । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कर्णालीका उनिश ठकुरीले ३ तथा दिनेश अधिकारी र दिवन पुनले समान २ विकेट लिए । यस्तै प्रकाश जैशीले १ विकेट लिए ।

राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा ७ प्रादेशिक टोली सहभागी थिए । वीर गणेशमान सिंह फाउन्डेशनको आयोजनामा प्रतियोगिता भएको हो ।

प्रकाशित : १७ बैशाख २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६