प्रदेश

यात्रुको चाप बढेपछि रेसुङ्गा विमानस्थलबाट थप उडान हुने



गुल्मी, २४ वैशाख । गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलबाट साप्ताहिक चार उडान हुने भएको छ । रेसुङ्गा विमानस्थलबाट साप्ताहिक तीन उडान गर्दै आएकोमा यात्रुको चापलाई मध्यनजर गर्दै एक दिन उडान थप गरिएको नेपाल एयरलाइन्स रेसुङ्गा विमानस्थल स्टेशन प्रमुख सुमन थापाले बताउनुभयो ।


विमानस्थलबाट सोमबार, बुधबार र शुक्रबार उडान हुँदै आएको छ । अब साप्ताहिक रुपमा शनिबार थप गरेर हप्ताको चार पटक उडान गरिने भएको हो ।


विमानस्थलमा गत वर्षको वैशाख २९ गतेबाट नेपाल एअरलाइन्सको टुइनेटर जहाजले उडान गर्दै आएको छ । गुल्मीबाट एक वर्षको अवधीमा करिब ७० वटा उडानमा ८ सय बढी नागरिकले हवाई सेवा लिएको रेसुङ्गा विमानस्थलका स्टेशन बताउनुभयो ।
गुल्मीबाट हवाई सेवा लिनेहरुमा बृद्ध, बिरामी, सुत्केरी, लगायतका नागरिकले सेवा लिएका छन् । हवाई यात्रामा गुल्मी जोडिएसँगै पछिल्लो समय जिल्लाका पर्यटकीय स्थलमा अन्तराष्ट्रिय पर्यटन भित्रिन थालेका छन् ।


गुल्मीको ऐतिहासिक, धार्मीक तथा पर्यटकीय स्थल रेसुङ्गा, रुरुक्षेत्र, धुर्कोटको बिचित्र गुफा, चन्द्रकोटको टिमुरे ताल र मालिकाको मालिका पिस पार्कमा पर्यटक घुम्न जान थालेका हुन् । जिल्लामा हाल फ्रान्स, बेल्जियस र स्पेनबाट पर्यटकहरु घुम्नको लागि आइरहेका छन् ।


अहिले गुल्मीबाट काठमाडौंका लागि ७ हजार ८० र काठमाडौंबाट गुल्मीका लागि ७ हजार २८० रुपैयाँ भाडा रहेको छ । रेसुङ्गा विमानस्थल रेसुङ्गा नगरपालिकाको वडानम्बर–१० को सिमीचौरमा रहेको छ ।


विमानस्थल पुग्न सदरमुकाम तम्घासबाट ५ किलोमिटर कच्ची सडक भएर पुग्न सकिन्छ । हाल गुल्मीबाट काठमाडौं सम्म गाडीको यात्रा झण्डै १३ देखि २२ घण्टासम्म यात्रा गर्नुपर्ने अवस्थामा रहेको छ ।


विभिन्न ठाउँमा सडक निर्माण भइरहेकाले गाडीको यात्रा गर्ने बिरामी अशक्त नागरिकलाई निकै कष्टपूर्ण यात्रा गर्नुपर्ने अवस्था रहेको छ ।

प्रकाशित : २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६