अर्थ-वाणिज्य

मालपोतका नासु ३० हजार घुस सहीत अख्तियारको नियन्त्रणमा




कपिलवस्तु २४ बैशाख । कपिलवस्तुको तौलिहवा स्थित भुमीसधार तथा मालपोत कार्यालयका नायब सुब्बा नरहरी खनाललाई अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले ३० हजार नगद घुस सहीत नियन्त्रणमा लिएको छ । अख्तियारको बुटवल स्थित कार्यालयका प्रहरी निरीक्षक मुकुन्द गौतमको अगुवाइमा आएको १३ सदस्यीय टोलीले खनाललाई उनको सरकारी डेरामा सेवाग्राहीसंग घुस लिदा लिदै पक्राउ गरेको हो ।
सोमवार दिउसो सवा चार बेजेतिर भुमीसुधार कार्यालयको माथील्लो तल्लामा रहेको आफनो डेरामा घुस सहीत रंगे हात पक्राउ परेका थिए । नायब सुब्बा खनाललाई अख्तियारको टोलीले बिगो नखुलेको शेष पछिको दालिखा खारेज गर्न सहजीकरण गरे वापत सो घुस लिएको अख्तियार श्रोतले जनाएको छ । मालपोतका मुद्दा फाटका प्रमुख रहेका खनालले सेवाग्राहीसंग घुसको मोलमोलाई गरेका थिए ।उनले सो घुस लिन सेवाग्राहीलाई आफनो डेरामा बोलाएका थिए । पक्राउ परेका खनाललाई अख्तियारको बुटवल स्थित कार्यालयमा लगीएको छ । मंगलवार उनलाई अख्तियारको केन्द्रिय कार्यालय काठमाण्डौ लगी बयान लिने जनाइएको छ।

प्रकाशित : २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६