प्रदेश

सिटिईभिटीको प्रदेश कार्यालय राजधानी सार्न निर्देशन



बाँके, २५ वैशाख । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्रीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिईभिटी) को प्रदेश कार्यालय तत्काल प्रदेश राजधानी स्थानान्तरण गर्न निर्देशन दिनुभएको छ ।

सिटिईभिटीका प्रदेश निर्देशक गोपाल आचार्यलाई मन्त्रालयमा बोलाएर मन्त्री खत्रीले हाल बुटवलमा भाडामा सञ्चालित प्रदेश कार्यालय तत्काल प्रदेश राजधानी स्थानान्तरण गर्न निर्देशन दिनुभएको हो । मन्त्री खत्रीले भन्नुभयो, ‘प्रदेशका कार्यालयहरु अन्यत्र, त्यसमा पनि भाडामा हुनु राम्रो भएन, राजधानी केन्द्रीत हुनुपर्दछ भन्ने सरकारको स्पष्ट मान्यता रहेको छ ।’

मन्त्री खत्रीले सिटिईभिटीको कार्यालयका लागि जग्गा खोजी तथा भवन निर्माणका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने भन्दै भाडामा भएपनि तत्काल कार्यालय प्रदेश राजधानी ल्याएर सहयोग गर्न आग्रह गर्नुभयो । सिटिईभिटीका लागि सरकारी भवनको पनि खोजी गर्न सकिने बताउनुभयो ।

सिटिईभिटीलाई सामाजिक विकास मन्त्रालय मातहत ल्याउन शिक्षा मन्त्रीलाई आग्रह गरिसकेको उहाँको भनाइ छ । सो अवसरमा निर्देशक आचार्यले १२ वटै जिल्लाका लागि पायक पर्ने गरि प्रदेश राजधानीमा कार्यालय स्थानान्तरण गर्न सकारात्मक भएको बताउनुभयो । कार्यालयका लागि जग्गाप्राप्तीका लागि मन्त्रालयबाट सहयोगको अपेक्षा गरिएको उहाँको भनाइ छ ।

प्रकाशित : २५ बैशाख २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६