प्रदेश

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ



लुम्बिनी, २४ बैशाख ।

लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार पारिएको बंगैचामा मंगलबार विश्वशान्तिको कामना गर्दै पाठ गरिएको छ । बगैंचा परिसरमा निर्माण गरिएको चैत्य प्राणप्रतिष्ठान तथा महायानी बौद्ध परम्पराअनुसार प्राणीजगतको कल्याणको कामना सहित पाठ गरिएको हो ।

रुस–यूक्रेन युद्धबाट शान्ति खोज्दै बुद्धजन्मस्थल लुम्बिनीमा रसियन बुद्धिष्ट ओलिग बर्तुनोभ सहितका समुदायले बगैचा तयार पारेका हुन् । रसियाको बौद्ध सम्प्रदाय बाहुल्य राज्य कालमिकका नागरिक बर्चुनोभ लगायतका बौद्ध समुदायले लुम्बिनी प्लाजामा बगैचा निर्माण लगायत संरचनाका लागि सहयोग गरेका छन् ।

मंगलबार रसिन खेन्पो एवं रसियन केन्द्रीय बौद्ध आध्यात्मिक प्रशासनका अध्यक्ष गेसे योङतेन सहित नेपालका लामा गुरुहरुको उपस्थितीमा लुम्बिनी प्लाजामा रहेको चैत्यमा प्राण प्रतिष्ठान पाठ र विश्व शान्तिको कामना गरिएको थियो ।

उक्त अवसरमा लुम्बिनी विकास कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, कोषका बोर्ड सदस्य राजेश शाक्य पूजा तथा पाठमा सरिक भए । लुम्बिनी गुरुयोजना क्षेत्रलाई सौन्दर्यकरण गर्दै बौद्धमय बनाउनका लागि रसियन बौद्ध सम्प्रदायको सहयोग विश्वशान्तिका लागि उदाहरणीय कार्य भएको कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।

रसियन बुद्धिष्ट ओलिग बर्तुनोभले आफू बुद्धजन्मस्थलमा आएर बौद्ध सम्प्रदायको आस्थामा एउटा भएपनि इट्टा थप्न पाएकोमा खुशि व्यक्त गरे । पछिल्लो समय रुस–यूक्रेन युद्ध चर्किदा बौद्ध सम्प्रदायले बुद्धजन्मस्थल लुम्बिनी शान्तिको खोजी गर्दै आउनेक्रम बढेको छ ।

प्रकाशित : २५ बैशाख २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६