प्रदेश

पश्चिम नवलपरासीमा चट्याङ लागेर एक जनाको मृत्यु



नवलपरासी, २६ वैशाख ।
पश्चिम नवलपरासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सुस्ता गाउँपालिका ५ स्थित तरैनी बस्ने २९ वर्षीय पुनम कोइरीको चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

मङ्गलबार बिहान ११ बजे चलेको हुरीबतासको समयमा उनी बगैंचातिर गएको समयमा चट्याङ लागेको प्रहरी निरीक्षक श्यामप्रकाश यादवले बताए ।

गाउँभन्दा बाहिरको आँपको रुखमुनि उनको शव सोही दिन अपराह्न फेला परेको हो । उनका दुई छोरा र एक छोरी छन् ।मृतकका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा छन् ।

प्रकाशित : २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६