प्रदेश

लुम्बिनीमा वैशाख महिनामा मात्रै आगलागीबाट पाँच जनाको मृत्यु



कपिलवस्तु, २६ वैशाख । लुम्बिनी प्रदेशका १२ जिल्लामा वैशाख महिनामा मात्रै ४२१ आगलागी तथा वन डढेलोका घटना घटेका छन् । यी विपद् घट्नाबाट ५ जनाको मृत्यु, १७ जना घाइते, ४१३ बटा घर क्षति भएका छन् ।

लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज एक सूचना जारी गर्दै उक्त घटनामा ३६४ घरमा पूर्ण क्षति, ४१ घरमा आंशिक क्षति भएको, ३६० वटा गोठ क्षति भएको वैशाख महिनामा मात्रै ४५८ वटा पशु चौपायाको क्षति भएको जनाएको छ । मन्त्रालयका सचिव लालबाबु कवारीले आगलागी तथा वन डढेलोबाट प्रभावित परिवारलाई प्रदेश सरकारबाट त्रिपाल, टेन्ट र पिफर्म उपलब्ध गराइएको बताएका छन् ।

आर्थिक वर्ष २०८१/०८२ मा विभिन्न विपद्बाट प्रभावित परिवारहरूलाई राहत स्वरूप ७२ लाख ९५ हजार र पुनर्निर्माणका लागी एक करोड ९८ लाख ३० हजार गरी जम्मा दुई करोड ७१ लख २५ हजार रकम निकासा गरेर वितरण गरेको मन्त्रालयले जनाएको हो ।

राहत वितरण कार्यलाई थप प्रभावकारी र समन्वयात्मक बनाउन आन्तरिक मामिला तथा कानुन मन्त्री दिनेश पन्थी सहित प्रदेश विद् व्यवस्थापन समितिका पदाधिकारीहरूबाट प्रभावित जिल्ला तथा पालिकाहरूमा स्थलगत भ्रमण तथा अनुगमन भइरहेको सूचनामा जनाएको छ । यस प्रदेशमा रहेका १२ वटा जिल्लाहरूका ९३ वटा नगरपालिका तथा गाउँपालिका प्रभावित भएको मन्त्रालयले विज्ञप्तिमा उल्लेख छ ।

मानिसहरूमा वन डढेलो सम्बन्धी गलत बुझाइ र अवधारणाका कारण पनि पछिल्ला वर्षमा वन डढेलोका प्रकोपहरू बढ्दै गएको निष्कर्षमा मन्त्रालय पुगेको छ । आगलागी तथा बन डढेलो प्रकोप नियन्त्रण गर्न पर्याप्त आधुनिक उपकरण औजारको कमी साथै दक्ष जनशक्तिको अभावले गर्दा समयमै नियन्त्रणमा लिन कठिन भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकार प्रभावित परिवारको सहज बसोबासको व्यवस्था पुरस्थापना तथा पुन निर्माणका लागी सम्बन्धित निकायसँग निरन्तर समन्वय सहकार्य गरी अगाडि बढिरहेको उक्त विज्ञप्तिमा जनाएको छ ।

प्रकाशित : २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६