देश

बुटवलका २ व्यक्ति करोड रुपियाँसहित पक्राउ




काठमाडौँ, २८ वैशाख।

काठमाडौँमा स्रोत नखुलेको झन्डै १ करोड रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, एसएसपी सानुराम भट्टराईले ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट दुई जनालाई गएराति पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेका व्यक्ति दुवै रुपन्देहीस्थित बुटवल घर भएका पुरुष हुन्।

‘घटनाबारे हामी अहिले बिहान साढे ११ बजे पत्रकार सम्मेलन गरेर विस्तृत बताउने छौँ’, एसएसपी भट्टराईले भने।

दरबारमार्गस्थित जय नेपाल हलनजिक गाडीमा गइरहेका बेला उनीहरू रकमसहित पक्राउ परेका हुन्। उनीहरू सुन कारोबारमा पनि संलग्न रहेको आशंका प्रहरीले गरेको छ।

प्रकाशित : २८ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६