देश

प्रतिनिधिसभाको आजको वैठकमा मुठभेड हुने संकेत



काठमाडौं, ३ जेठ । प्रतिनिधि सभाको आजको बैठकमा आज मुठभेड हुने संकेत देखा परेको छ । संसद् सचिवालयका अनुसार बैठक बिहान ११ बजे सुरु गर्ने कार्यतालिका छ।


बैठकका लागि सम्भावित कार्यसूची पनि तयार पारिएको छ। जसअनुसार सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण एवं मन्त्री तथा राज्यमन्त्री नियुक्तीसम्बन्धी पत्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउनेछन्।


यस्तै सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्य मनोनयन गर्ने तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌का दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूचीमा उल्लेख छ।

यस्तै आज राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकामा धन्यवाद ज्ञापन गर्ने कार्यक्रम पनि छ।

सम्भावित कार्यसूचीअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ुसुरक्षण मुद्रणसम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेस गर्ने कार्यक्रम पनि छ।

यसैगरी आज उपप्रधानमन्त्री एवं गृह मन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८० मा विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विद्युतीय व्यापार विधेयक, २०८० लाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम पनि आजको सम्भावित कार्यसूचीमा राखिएको छ।

तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम अपचलन छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै अवरोध जारी राखेकाले आजको संसद् बैठक पनि कार्यसूचीमा पेस गर्ला वा नगर्ला प्रतीक्षाको विषय छ। हिजो मात्रै एमाले संसदीइ दलको वैठकमा अध्यक्ष केपी शर्मा ओलीले आजको वैठकमा कांग्रेसलाई बोल्न नदिने तर रवि लामिछाने र एमालेलाई बोल्न दिनुपर्ने बताएका थिए । आजको वैठकमा एमालेले समेत संसद वैठकमा कांग्रेस सांसद बोल्न खाजे अवरोध गर्ने संकेत छ ।

प्रकाशित : ३ जेष्ठ २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६