प्रदेश

३१ औं मदन आश्रित स्मृती दिवस सम्पन्न



कपिलवस्तु जेष्ठ ३
नेकपा (एमाले) कपिलवस्तुले ३१ औं मदन आश्रित स्मृती दिवस मनाएको छ । मदन आश्रित स्मृती भवन तौलिहवामा एक कार्यक्रमका बीच ३१ औं मदन आश्रित स्मृती दिवस सम्पन्न गरेको एमाले कपिलवस्तुले जनाएको छ । कार्यक्रममा नवनिर्वाचित जिल्ला अध्यक्ष बाबुराम खनालले सबै पार्टी कार्यकर्तालाई उचित जिम्मेवारी प्रदान गर्नेमा ढुक्क रहन आग्रह गर्नु भयो । अध्यक्ष खनालले कुनै पूर्वाग्रह बीना आफुले कार्य सम्पादन गर्नेमा जोड दिनु भयो । कार्यक्रममा एमाले पूर्व जिल्ला अध्यक्ष झविलाल पोख्रेलले सबै नेता कार्यकर्ता एक ढिक्का हुदा जिल्लामा पार्टी संगठन बलियो हुने तर्क गर्नु भयो । त्यस्तै एमाले पूर्व अध्यक्ष डम्मर शर्माले सहमति, सहकार्यमा जोड दिदै जिल्लाको समग्र विकासमा जोड दिनु भयो ।


कार्यक्रममा स्वं मदन कुमार भण्डारी र जीवराज आश्रितको तस्वीरमा माल्यापर्ण गरिएको थियो । २०४७ सालको संविधानलाई आलोचनात्मक समर्थन जनाएका जननेता मदन कुमार भण्डारी नेपाली कप्युनिष्ट आन्दोलन मात्र नभई विश्व कप्युनिष्ट आन्दोलनलाई दिशा निर्दिष्ट गर्ने सरल जीवन शैलीका भण्डारी नेपाली मौलिक सिद्धान्त जनताको बहुदलिय जनवादका प्रवर्धक हुनुहुन्छ ।
कार्यक्रममा एमाले नेताहरु खुम प्रसाद आचार्य, धर्मराज भुसाल, धर्मलाल श्रीवास्तव, धनु अधिकारी, द्रोणराज सुवेदी, लाल बहादुर विक लगायतले मन्तब्य राख्नु भएको थियो ।


बोल्ने बक्ताहरुले तत्कालिन महासचिव जनताको बहुदलिय जनवादका प्रर्वतक , संघर्षको सिमा र अबधी हुदैन भन्ने राजनीतिमा थकाई भन्ने शब्द हुदैन भन्ने स्व. मदन कुमार भण्डारी र कुशल संगठक स्व. जीवराज आश्रितको जीवनीको बारेमा चर्चा गरिएको थियो ।


कार्यक्रम जिल्ला अध्यक्ष बाबुराम खनालको अध्यक्षता जिल्ला सचिव सिवि गहतराजको संचालनमा सम्पन्न भएको कार्यक्रममा पार्टीका प्रदेश एवम् जिल्ला तहका नेता तथा कार्यकर्ताहरुको उत्साहपूर्ण उपस्थिती रहेको एमाले जिल्ला उपाध्यक्ष शंकर पाण्डेले जानकारी दिनु भयो ।

प्रकाशित : ३ जेष्ठ २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६