प्रदेश

पाल्पामा रुखबाट लडेर महिलाको मृत्यु



तानसेन, ०४ जेठ । पाल्पामा रुखबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रम्भा गाउँपालिका–५, धाकरडाँडाकी ३१ वर्षीया मीनाकुमारी लामिछानेमगर रहनुभएको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान घर नजिकैको काभ्रोको रुखमा चढेर घाँस काट्ने क्रममा रुखबाट लडेर उहाँ गम्भीर घाइते हुनुभएको थियो ।

उहाँको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित : ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६