प्रदेश

श्रृङ्गीघाट सामुदायिक वनः उपभोक्ताको स्वास्थ्य बिमा



कपिलवस्तु, ०४ जेठ।
कपिलवस्तु बाणगङ्गाको श्रृङ्गीघाट सामुदायिक वनले आफ्ना उपभोक्ताहरूको स्वास्थ्य बिमा गरिदिएको छ । वनले आफ्नो वार्षिक कार्ययोजना अनुसार उपभोक्ताहरूको स्वास्थ्य बिमा गरिदिएको हो । जुन प्रदेशमै वनको पहिलो कार्यक्रम भएको छ ।
वनले आफ्नो क्षेत्रमा पर्ने १४ मौज बाट ७७ जनाका दरले अति विपन्न परिवार छनौट गरेर निशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेकोको वनका अध्यक्ष सुशील सिंह ठकुरी ले बताए ।
उनका अनुसार ५ जना सदस्य रहेको परिवारको लागि प्रतिपरिवार ३५ सयको दरले गत जेठबाट लागू हुने गरी वनले स्वास्थ्य बिमाको कार्ड बनाइदिएको छ । यो कार्ड लिएर तोकिएका अस्पतालमा जाँदा १ लाख रुपैयाँसम्मको उपचारमा कुनै शुल्क नलाग्ने अध्यक्ष ठकुरीले जानकारी दिएका थिए ।

वनको काम केवल रूख, रोप्ने, कटान गर्ने मात्र नभएर आफ्ना उपभोक्ताको जीवन रक्षा गर्ने पनि रहेको हुँदा स्वास्थ्य बिमाको अवधारण अघि सारिएको अध्यक्ष वनले उपभोक्ताको स्वास्थ्य र शिक्षाको विकासमा महत्वपूर्ण ढंगबाट काम गरिरहेको अध्यक्ष ठकुरीले बताए ।

स्वास्थ्य बिमा प्राप्त गरेकाहरूले पनि वनलाई धन्यबाद दिए । आर्थिक अवस्था कमजोर भएर कतिपय अवस्थामा उपचारबाट बञ्चित नै हुनुपरेको अवस्था स्मरण गर्दै वन्दना थारूले आफू मात्रै होइन परिवारका अन्य सदस्यले पनि अब निशुल्क स्वास्थ्य उपचार पाउने भन्दै खुसी व्यक्त गरिन् ।

अहिले सय जनाबाट बिमाको सुरुवात गरे पनि विस्तारै अन्य उपभोक्तामाझ पनि लैजाने वनको दावी छ ।
कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ४ का वडाअध्यक्ष छवि रेश्मी, विशिष्ट अतिथि वडा नम्बर १ का वडाअध्यक्ष सन्जु शारु, कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्री लगायतले वनले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम निकै प्रभावकारी रहेको बताए ।

स्वास्थ्य बिमाले कुनै पनि परिवारको स्वास्थ्य जोखिम कम गर्न निकै ठुलो भूमिका निर्वाह गर्ने भएकाले यसको महत्व बुझ्नुपर्ने उनीहरूको भनाई छ ।
जिल्ला बिमा अभिकर्ता ठाकुर पोख्रेलले वनबाट नागरिकको निशुल्क स्वास्थ्य बिमा गरेको पहिलो उदाहरण श्रृङ्गीघाट वन रहेको भन्दै प्रशंसा गरे । उनले वनलाई धन्यबाद दिँदै स्वास्थ्य बिमाको महत्व पनि बुझाए । आफूले अहिलेसम्म वनले स्वास्थ्य बिमा गराएको कतै नसुनेको र नपढेको बताउँदै पोख्रेलले स्वास्थ्य बिमा गर्दा ठुलो स्वास्थ्य जोखिम टर्ने बताए ।
बाणगङ्गा नगरपालिका र त्यस मातहतका वडाले गर्ने काम पनि वनले गर्नु आफैमा उदाहरणीय भएको भन्दै उनले बाणगङ्गा नगरले नागरिकको स्वास्थ्य बिमा गराउने सवालमा काम नै नगरेको दावी गरे । स्वास्थ्य बिमा गराउने सवालमा नगर र वडाको नेतृत्वको भूमिका लज्जास्पद नै रहेको उनले बताएका थिए ।

वनकी सचिव सुष्मा खाँणले कार्यक्रम सञ्चालन गर्दै शिक्षा र स्वास्थ्यको क्षेत्रमा वनले निकै राम्रोसँग काम गरिरहेको सुनाइन् ।
वनमा आवद्ध रहेका सबै व्यक्ति सम्पन्न नभएको र कतिपयको स्वास्थ्य उपचार गर्ने अवस्था पनि नभएको हुँदा यस कार्यक्रमले लाभ दिने वनका सदस्य हरि पौडेलले विश्वास लिए । कार्यक्रममा वनका सल्लाहकार जंग बहादुर क्षेत्री, शालिकराम भुसाल लगायतले बोलेका थिए । कतिपय उपभोक्ता र वनका सदस्यले स्वास्थ्य बिमा बारेका जिज्ञासा राखेका थिए ।

प्रकाशित : ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६