प्रदेश

सीप सिकेर उद्यमी बन्न सांसद पन्थीको आग्रह 




हरि घिमिरे, ०४ जेठ । 
लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले सीप सिकेर उद्यमी बन्न आग्रह गरेका छन् । घरेलु तथा साना उद्योग कार्यालय तौलिहवाको आयोजनामा भएको फेसन डिजाइनिङ तालिमको समापनमा सहभागीलाई पन्थीले यस्तो आग्रह गरेका हुन् । पन्थीले आफूले सिकेका सिकाइलाई उद्यममा परिणत गरेर उद्यमी बन्न र अरुलाई पनि रोजगारीदिन सकिने उल्लेख गरे । पन्थीले आफू सँधै उद्यमीको साथमा रहेको बताए । उनले उत्पादन  गरेको चिज वस्तुहरू आफूलाई जानकारी आएमा बजारीकरणको पनि व्यवस्थापन मिलाइदिने बताए । उनले सहभागीलाई तिन महिना सम्म सिकेका कुरालाई तुरुन्त व्यवहारिकता ढाल्न सुझाव दिए । 

तिन महिने फेसन डिजाइनिङ तालिमको शुक्रवार समापन गरिएको छ । कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय तौलिहवाका प्रमुख प्रेम बहादुर गौतमले उत्साहपूर्वक सिकाइमा सहभागि भएकोमा धन्यवाद दिए । कार्यक्रमका अध्यक्ष समेत रहेका गौतमले विगतमा पनि घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुले प्रदान गरेका तालिम प्रभावकारी रहेको बताए । उनले ३ महिनाको अवधिमा सिकेका सिकाइ उपलब्धीहरूलाई निःशुल्क भनेर वेवास्ता गर्न नहुने बताए । उनले सीप सानो ठुलो नहुने भन्दै इच्छा, मेहनतले सबै सम्भव रहेको बताए । उनले तालिममा रहेको सरकारी लगानीलाई सबैले आफ्नो सम्झिन सकेमा अझै प्रभावकारी रहने बताए । 

तिन महिने तालिममा प्रमुख प्रशिक्षकमा अनिता भण्डारी र सायक प्रशिक्षकमा बसन्ती मल्ल सेनको भूमिका रहेको थियो । कार्यक्रमका प्रमुख प्रशिक्षक अनिता भण्डारीले सिकाईमा सहभागीहरूले निकै चासो दिएको बताइन । 

कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघका जिल्ला अध्यक्ष फुल कुमारी श्रेष्ठ, घरेलु तथा महिला उद्यमी महासंघ जिल्ला अध्यक्ष लक्ष्मी सारू मगरले सहभागीलाई सफल उद्यमी बन्न शुभकामना दिए । तिन महिने तालिममा बाणगङ्गा र कपिलवस्तु नगरपालिकाका गरेर करिब २० जनाको सहभागिता रहेको थियो । 

प्रकाशित : ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६