प्रदेश

बाणगङ्गामा समुदाय सँग सरकारी वकिलः कानुनी सचेतना फैलाउदै




कपिलवस्तु, ०४ जेठ । 
कपिलवस्तुको बाणगङ्गामा समुदाय सँग कानुनी सचेतना कार्यक्रम गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कपिलवस्तुको आयोजना तथा इलाका प्रहरी कार्यालय पिपराको संयोजनमा कार्यक्रम गरिएका हो । बाणगङ्गा वडा न. २ पिपराको सभाहलमा कार्यक्रम सम्पन्न भएको छ ।  


कार्यक्रममा साहयक जिल्ला न्यायाधिवक्ता तुल्सीराम ज्ञवालीले सरकारी वकिलको तर्फबाट कानून र न्याय बिचमा प्रकाश परेका थिए । यस्तै इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल जंग रायमाझीले नगर भित्र भएका विभिन्न प्रकृतिका घटनाहरूको बारेमा जानकारी दिदै कसरी सचेत रहने भन्ने विषयमा प्रकाश पारेका थिए ।


कार्यक्रममा जिल्ला न्यायाधिवक्ता प्रकाश मरासिनीको अध्यक्षता, वडा न. २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलको वशिष्ठ आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख वडा टोल विकास संस्थाका प्रमुख तथा प्रतिनिधि  वडा सदस्यहरू, आमा समूह, महिला अधिकारकर्मी, नागरिक अगुवा, स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो । 

प्रकाशित : ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६