खेलकुद

आईपीएल क्रिकेटको दोस्रो क्यालिफायरमा पुग्न राजस्थान र बेंगलुरु खेल्दै



काठमाण्डौ, ०९ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा पुग्न आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) खेल्दैछन् ।

इलिमिनेटरको यो खेल अहमदाबादमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । यो खेलको विजेता टोलीले फाइनलमा पुग्न दोस्रो क्वालिफायरमा सनराईजर्स हैदराबादसँग खेल्नेछ ।

हिजो भएको खेलमा कोलकाता नाइट राइडर्ससँग हैदराबाद ८ विकेटले पराजित भएको थियो । कोलकाता फाइनलमा पुगेको छ । दोस्रो क्वालिफायरको खेल पर्सि शुक्रवार र फाइनल खेल आइतवार हुनेछ ।

प्रकाशित : ९ जेष्ठ २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६