देश

सिरोहिया पक्राउविरुद्ध जनकपुरमा प्रदर्शन



काठमाडौं, ९ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउविरुद्ध जनकपुरमा प्रदर्शन भएको छ । जनकपुर नागरिक समाजको ब्यानरमा प्रदर्शन भएको हो ।

प्रदर्शनकारीले ‘राज्य आतंक बन्द गर, सञ्चार उद्यमी कैलाश शिरोहियालाई रिहा गर’ नारासहित प्रदर्शन गरेका थिए ।जनकपरको सुकरबारी बजारमा सडक अवरुद्ध गर्दै जनकपुर उद्योग वाणिज्य संघ, व्यवसायी, नागरिक समाज धर्ना बसेका छन् ।

‘आज हामीले सांकेतिक विरोध गरेका हौं । यदि राज्यले गरेको ज्यादति सच्याएन भने भोलि योभन्दा पनि ठूला संस्थागत निर्णय लिएर विरोध प्रदर्शनमा हामी जान्छौं’, उद्योग वाणिज्य संघ जनकपुरका अध्यक्ष जितेन्द्र महासेठले भने ।

जिल्ला अदालत परिसर बाहिर पनि तरुण दल, नेपाल विद्यार्थी संघ, उद्योगी व्यवसायीलगायत उपस्थित भएर नाराबाजी जारी राखेका छन् ।

प्रकाशित : ९ जेष्ठ २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६