प्रदेश

बचतकर्ताले घेराउ गरे मञ्जुश्री सहकारीको बाणगंगा शाखा



बाणगंगा, ११ जेठ । कपिलवस्तुको बाणगंगा नगरपालिकामा शाखा कार्यालय बनाई सेवा संचालन गरेको मञ्जुश्री बहुउद्धेश्यीय सहकारीलाई बचतकर्ताले घेराउ गरेका छन् ।

वडा नम्बर ४ सिद्धिपुरस्थित रेडियो मायादेवीको छेउमा रहेको सहकारीले बचतकर्ताको रकम अपचलन गर्न थालेपछि बचतकर्ता रुष्ट बनेका छन् । घेराउ गर्न आएका बचतकर्ताले केहिदिनदेखि ब्यवस्थापक कार्यालयमा नरहेको तर बचत संकलन गर्नेहरु भने आजसम्म पनि घरघर गएको बताउँछन् ।

विगत केहि बर्षदेखि ३ तले घर भाडामा लिएर कारोबार गरिरहेको सहकारी केहि समयअघि रेडियोमुनि तलपट्टीको एक सानो घरमा सरेको थियो । शाखा सर्दादेखि नै बचतकर्ताको शंका थियो अमृता घिमिरेले भनिन् बुटवल पनि घेराउ भएको थाहा पाएपछि हामी कार्यालय घेराउ गर्न आएका हौँ । उनले बचतको रेकर्डसमेत नरहेको, ब्यवस्थापकले अनेक प्रलोभन पारेको बताएका छन् । आफूहरले दिनभरी दुख गरेर संकलन गरेको पैसा हिनामिना गर्नेलाई कारबाहीको माग गर्दै बचत फिर्ता गर्न आग्रह गरेका छन् ।

ब्यवस्थापक नभएपछि संस्थाका अध्यक्ष भनिने खेमराज भण्डारी कार्यालयमा आएका छन् । उनले बयवस्थापकबाट कमजोरी भएको भन्दै बचत फिताृ दिने बताए । बुटवलको विषयले एकैपटक बचतकर्ता आएर बचत फिर्ता माग गर्दा समस्या भएको उनले बताए ।

उनका अनुसार बिभिन्न शाखामा अहिलेसम्म करिब ७ करोढ जम्मा भएको बताए । त्यसमध्ये ४ करोड रुपैयाँ बिभिन्न स्थानमा लगानी भएको छ ।

भण्डारीले अनुमानित रकम बताए पनि त्यसको कुनै लेखाजोखा छैन । कर्मचारीले पनि बचतकर्ताको तथ्यांकबारे कुनै ठोस कुरा बताउन सकेका छैनन् । एक बचतकर्ताका अनुसार त्यहाँको ब्यवस्थापकले जम्मा भएको रकम साँझ पोको पारेर जाने गरेको आफूले थाहा पाएको बताइन् । कर्मचारीले पनि ४ र ५ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् ।

बाणगंगामा पैसा जम्मा गर्नेहरु निम्न स्तरको परिवारदेखि उच्च आमद्यानी भएकासम्म छन् । श्रोतका अनुसार एक जनाबाट ५ हजारदेखि लाखौँ रुपैयाँसम्म जम्मा भएको छ । अध्यक्ष भण्डारीले जम्मा ५५ र ६० लाखको कुरा रहेको बताउँदै फिर्ता गर्न सकिने बताए । तर अहिल्यै फिर्ता गर्न भने असमर्थ रहेको उनको भनाई छ ।

घटना थाहा पाएपछि इलाका प्रहरी कार्यालय पिपरा घटनास्थलमा आएर बुझ्ने प्रयास गरेको छ भने बचतकर्ताको रेकर्ड र प्रमुख कार्यालयको विवरण माग गरेको छ । यता बचतकर्ताले बचत फिर्ता नभएसम्म छाड्न नहुने बताउँदै ब्यवस्थापकलाई झिकाउन माग गरेका छन् । अध्यक्षलाई सोधपुछको लागि प्रहरीले इलाका प्रहरी कार्यालयमा लगेको छ ।

सहकारीले तरलता अभावका कारण संस्थाको कहिले शाखा काउन्टर सेवा बन्द गर्ने, कहिले खोल्ने, कहिले ताला लगाउने गरेको थियो । त्यसपछि शंका लागेर बचतकर्ताहरु भेला भएर सहकारीका समस्याबारे मिडियालाई जानकारी गराउने बताइएको छ । यसअघि बुटवलको कार्यालय पनि जनताले घरेका थिए ।

प्रकाशित : ११ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६