प्रदेश

बाणगंगामा सञ्चालित कृषि मेला: कृषि औजारमा कृषक आर्कषित



कपिलवस्तु, ११ जेठ । कपिलवस्तुको बाणगंगामा बुधबार देखि सञ्चालित कृषि मेलामा कृषि औजारमा कृषकहरु आर्कषित भएका छन् । आधुनिक प्रविधितथा उपकरणमा कृषहरु अर्कषित भएका हुन् । उक्त बृहत कृषि मेलामा ६ हजार बढीले अवलोकन गरेका छन । आधुनिक कृषि प्रविधिको पहुँच बढाई कृषिमा व्यवसायीकरण गरौ भन्ने नाराका साथ बुद्धरंगशालामा सञ्चालन भएको कृषि मेला २०८१ को अन्तिम दिन शुक्रबार सम्म १ हजार विद्यार्थी सँगै ६ हजार भन्दा बढिले मेला अवलोकन गरेको नेपाल बिउ तथा मल परियोजना कपिलवस्तुकी प्राविधिक सुरक्षा आचार्यले बताउनुभयो ।

तिन दिन सम्म चलेको मेलामा कृषि औजार, औषधि, बिउ तथा बिरुवा लगायत कृषि सङ्ग सम्बन्धित विभिन्न सामाग्रीको किनबेच हुँदा नगद २५ लाख बढीको कारोबार भएको र करिब १० लाख जतिको कृषि सामाग्रीको लागि बुक भएको प्राविधिक आचार्यले बताउनुभयो ।

नेपाल विउ तथा मल परियोजना एन्साफ तथा अन्तराष्ट्रिय गहुँ तथा मकै सुधार केन्द्र सिमिटको आयोजना तथा बाणगंगा नगरपालिका, नेपाल उद्योग बाणिज्य महासघं र कृषि उद्यम केन्द्रको सहकार्य र अमेरिकी सहयोग नियोग यु एस आई डीको सहयोगमा बृहत कृषि मेला २०८१ सुरु भएको थियो ।

कार्यक्रमको समापन गर्दै बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले कृषिलाई व्यवसायिकरण नगर्दा सम्म देशको आर्थिक उन्नती हुन नसक्ने बताउदै देशको समृद्ध कृषिबाट छिटो हुने बताउनु भयो । नगरलाई कृषिमा आत्मनिर्भर बनाउनको लागि नगरपालिकाले विभिन्न समयमा यस्ता कार्यक्रम गरेको बताउनुभयो । बाणगंगा नगरपालिका कृषि उत्पादनमा अघि बढीरहेको बताउदै कृषि क्षेत्रलाई आधुनिकता तर्फ लैजान जरुरी रहेको बताउनुभयो । उहाले नगरपालिका पशुपालन तथा अन्य कृषिको क्षेत्रमा सुधार गर्दै आएको नगर प्रमुख एवं कार्यक्रमका अध्यक्ष चक्रपाणी अर्यालले दाबी गर्नुभयो ।

नगरका प्रमुख प्रसासकिय अधिकृत भक्तिराम मरासिनीले कृषिमा सफल हुनको लागि कृषिमा यान्त्रिकिकरण र बैज्ञानिकिकरण हुन आवश्यक रहेको बताउनुभयो । उहाले कृषिलाई नाफाउन्मुख नबनाए सम्म देश आत्मनिर्भर हुन नसक्ने उल्लेख गर्दै व्यापार घाटालाई कम गर्न व्यवसायिक कृषिमा जोड दिनुपर्ने बताउनुभयो । विशेषगरी कृषक तथा किसानले उत्पादन वा निर्माण गरेका स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न र कृषकको मनबोल अझै बढाउन कृषि मेला प्रदर्शनी कार्यक्रमले महत्वपुर्ण टेवा पुग्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल विउ तथा मल परियोजना एन्साफ सिमिटका बजार व्यवस्थापक डा। नारायण प्रसाद खनालले ९ गते देखि ११ गते सम्म संचालन भएको मेलामा सिकेको सिपलाई किसानले आफ्नो कर्ममा लागू गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नगर कृषि शाखा प्रमुख लेस बहादुर केसीले कृषिमा आधुनिक प्रविधिको प्रयोग गर्दै कृषकका समस्या समाधान गर्न यसले ठूलो सहयोग गरेको बताउनुभयो । बाणगङ्गालाई कृषिमा आत्मनिर्भर बनाउनको लागि नगरले विभिन्न समयमा कृषकको लागि विभिन्न कार्यक्रम गरिरहेको बताउदै नगरले कृषि र किसानलाई अनुदान दिदै आएको समेत बताउनु भयो ।

लुम्बिनी सिट भौरहवाका सुवासराज उपाध्यायले कृषिमा देखा परेको समस्यालाई समाधान गर्दै कृषिमा व्यवसायीकरण गर्न आवश्यक रहेको बताउनुभयो । स्वदेशमा उत्पादन हुने सामाग्रि विदेशबाट आयत रोक्नु पर्ने बताउदै देशलाई कृषिमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो ।

कृषि मेलामा बालि उपचार सेवा, माटो परिक्षण सेवा, विउविजन खरिद विक्रि, कृषिका नविनतम औजार, उपकरण, थोपा सिचाई, बिषादी रहित कृषि इत्यादीका बारेमा जानकारी प्राप्त गर्ने र कृषि सामाग्रिबाट उत्पादन गरिएको विभिन्न बस्तुपनि खरिद विक्रि गरिएको थियो । ९ गते देखि ११ गते सम्म संचालन हुने कृषि मेलामा ५० वटा स्टल रहेका थिए । कृषि मेलामा कृषि यान्त्रिकरणका औजारहरु, बीउ मल ,जीवन बिमा, पशु बिमा, कृषिका उत्पादनहरु, हस्तकलाका सामानहरु, डिजिटल एप्स, कृषि सम्बन्धि परामर्श सेवा गरि ५० वटा स्टटलहरु रहेको वाणगंगा कृषि शाखाले बताएको छ ।

कार्यक्रममा बालि संरक्षण उमासंकर पौडेल, कृषि ताथ पशु विज्ञान संस्था पक्लिहवा क्याम्पसका सह प्रध्यापक जन्मजय गैरे नागरिक समाजका कोषाध्यक्ष अर्जुन पोख्रेल,स्टलहरुकाबाट तर्फबाट तारावति चौधरी, स्वयंसेवक निकिता न्यौपाने लगायतले बोल्नु भएको थियो । कार्यक्रममा नगर उपप्रमुख रिता कुमारी थारु, कृषि ज्ञान केन्द्र कपिलबस्तुका प्रमुख भास्कर पौडेल, लगायत किसान, व्यवसायिक, पत्रकारको उपस्थिति रहेको कार्यक्रममा बाणगंगा नगरपालिकाका सुचना अधिकारी एवं प्रशासन शाखा प्रमुख केशवराज भटट्राईको संचालनमा सम्पन्न भएको हो । कार्यक्रममा कृषि मेलाभर स्वयंसेवकको रुपमा सहयोग गर्ने विद्यार्थी र स्टलहरुलाई सम्मान पत्रसहित सम्मान गरिएको थियो ।

प्रकाशित : ११ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६