अर्थ-वाणिज्य

व्यास नगरपालिकामा मेयरको पुनः मतगणना २ असारमा




कपिलवस्तु ११ जेठ ।उच्च अदालत पोखराले तनहुँको व्यास नगरपालिकाको पुनः मतगणना २ असारमा गर्न आदेश गरेको छ।०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित दीपकराज जोशीले पुनः मतगणनाको माग गर्दै १२ जेठ ०७९ मा मतगणना कार्य बदरको माग गेदै पुनस् मतगणनाका लागि अदालतमा रिट दायर गरेका थिए।जेशीले रिट दायर गरेको २३ महिना २० दिनपछि अदालतले १ जेठमा पुनः मतगणना गर्न आदेश गरेको थियो।न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले जोशीको दाबी पुग्ने आदेश गरेसँगै गरपालिकाको पुनः मतगणना हुने भएको हो।

१ जेठमा भएको फैसलाको पूर्णपाठमा शुक्रबार सार्वजनिक भएको जोशीका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता हरिप्रसाद सुवेदीले जानकारी दिए। पूर्ण पाठमा २ असार बिहान १० बजेदेखि पोखरामा मतगणना गर्न भनिएको छ। आदेशमा मतगणना पोखरामा गर्ने भनिए पनि कुन स्थानमा गर्ने भन्ने स्थान तोक्ने कामपछि रजिष्टारले गर्ने सुवेदीले जानकारी दिए।

यस्तो छ पूर्णपाठमा गरिएको आदेश

माथि विवेचित आधार र कारणबाट निवेदक जोशीको निवेदन दावीका सम्बन्धमा विपक्षीहरुबाट प्राप्त लिखित जवाफ सहित विपक्षी जिल्ला निर्वाचन कार्यालय, तनहुँबाट प्राप्त व्यास नगरपालिका तनहुँको प्रमुख पदको निर्वाचन सम्बन्धमा भएको मतगणना सम्बन्धी अनुसूची– ५६ को फारम तथा एकिकृत मतगणना फारम समेतको अध्ययन गरी हेर्दा, व्यास नगरपालिका वडा नं। १० को १००१ देखि ११०० सम्मको मतगणना फारममा निवेदकले ३० मत प्राप्त गरेको देखिएकोमा सो मत एकिकृत फारममा समावेश गरेको नदेखिई सो मत निजले प्राप्त गरेको कूल मतमा जोडेको देखिएन। त्यसैगरी, अनुसूची–५८ को फारममा व्यास नगरपालिकाको प्रमुख पदमा सम्पूर्ण वडाहरुबाट जम्मा ३०,१८३ मत खसेको देखिएकोमा सो पदका प्रत्यासीहरुले २५,५९५ मत प्राप्त गरेको र ४,५८८ मत बदर भएको भन्ने देखिन्छ।

सो बदर मत मतगणना सम्बन्धी अनुसूची–५६ को फारममा उल्लेख भएको बदर मतसँग मिल्न भिड्न आएको नदेखिनुका अतिरिक्त उम्मेदवारले पाएको मत र बदर मतको संख्याले जम्मा खसेको मत भत्ती उल्लेख भएको ३०,१८३ मत पूरा भएको अवस्थामा पूर्ण बदर मत भनी ४४५ मत उल्लेख भएको देखिंदा सो समेत जोडजम्मा गर्दा खसेको मत भन्दा बढी हुन जाने देखिएको समेतको आधार कारणबाट निवेदन दावी बमोजिम निर्वाचन ९कसुर तथा सजाय० ऐन, २०७३ को दफा ४४ को उपदफा ९१० बमोजिम कानून बमोजिम मतगणना भएको नदेखिंदा सोही ऐनको दफा ४४ को उपदफा ९२० बमोजिम व्यास नगरपालिका तनहुँको नगर प्रमुखको पदमा स्थानीय तह निर्वाचन २०७९ मा भएको निर्वाचनको मतगणना कार्य बदर गरी दोहोर्याई मतगणना गर्ने आदेश गरिदिइएको उल्लेख छ।

उपरोक्त अनुसार दोहोर्याई मतगणना गर्ने कार्यको लागि मिति २ असार बिहान १०ः०० बजे सुरु हुने जानकारी सहित प्रस्तुत आदेशको प्रतिलिपी निवेदक र विपक्षीहरुलाई समेत दिई पुनः मतगणना गर्ने प्रयोजनार्थ लाग्ने खर्च व्यवस्थापन र आवश्यक सहयोगका लागी निर्वाचन आयोग, काठमाण्डौंमा लेखी पठाई पुनः मतगणनाको कार्य संचालन गर्न आवश्यक पर्ने जनशक्ति, स्थान समेतको व्यवस्थापन गरी मतगणनाको कार्य सम्पन्न गरी निर्वाचन ९कसूर तथा सजाय० ऐन, २०७३ को दफा ४४ को उपदफा ९५० बमोजिमको मतगणनाको तालिका सहितको प्रतिवेदन पेश गर्न यस अदालतका रजिष्ट्रारका नाममा समेत आदेश गरेको छ।

यस्तो थियो अवस्था

कांग्रेसका बैकुण्ठनाथ न्यौपानेसँग दुई सय ५२ मत अन्तरले पराजित भएका जोशीले निर्वाचन आयोग नेपाल, मुख्य निर्वाचन अधिकृत, मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँ, जिल्ला निर्वाचन कार्यालय तनहँ र निर्वाचित बैकुण्ठनाथ न्यौपानेलाई प्रतिवादी बनाउदै पुनः मतगणनाको माग गर्दै रिट निवेदन दिएका थिए।अदालतमा दायर गरेको रिटमा जोशीले केही मतदान केन्द्रमा खसेको भन्दा बढी मत प्राप्त भएको, मत गणना गर्दा गडबडी, धाधली गरेर षड्यन्त्रपूर्वक हराइएको उल्लेख गरेका थिए।

अदालत आउनु अघि जोशीले मतगाणनाको परिणाम सार्वजनिक भए लगतै पुनः मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँमा उजुरी दिएका थिए। आफनो उजुरीको सुनुवाई नभएको र आयोगबाट न्याय नपाएको भन्दै उनी अदालत पुगेका थिए।निर्वाचनपछि भएको मतगणनामा न्यौपानेले १२ हजार ७८ र पराजित जोशीले ११ हजार ८ सय २६ मत पाएका थिए। मेयरमा विजयी न्यौपानेले आफ्नो पदभार ग्रहणसँगै विगत दुई वर्षदेखि कामसमेत गदै आएका छन्। जोशी पुर्वमन्त्री गोविन्दराज जोशीका छोरा हुन् निर्वाचनमा उनलाई नेकपा एमालेले समर्थन गरेको थियो।

३२औँ पटकमा फैसला

जोशीले १२ जेठ ०७९ मा रिट दायर गरेपछि १३ जेठमा न्यायधीश ऋषि राजभण्डारी र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको थियो।जोशीको निवेदनमाथि भएको सुनुवाइपछि अदालतले निवेदकको मागअनुसार आदेश किन जारी गर्न नपर्ने हो रु त्यसको कारणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षीहरुको नाममा कारण देखाउ आदेश जारी गरेको थियो।त्यसपछि जोशीले पुनः मतगणनाको माग गदै दायर गरेको रिट ३१ औ पटकको पेशीमा भएको सुनुवाईपछि मात्र अन्तिम फैसला आएको हो। दुई वर्षको अवधिमा रिट १४ पटक सम्म हेर्न नभ्याइने, निवेदक र विपक्षीका कानुनी व्यवसायीबाट ११ पटक स्थगित, प्रमाण बुझने बहश नोट माग्ने लगायतका ६ पटक विभिन्न आदेशसँगै ३२ औँ पटकमा आएर अन्तिम फैसलासँगै पुनः मतगणना गर्ने आदेश अदालतले गरेको हो।

प्रकाशित : ११ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६