प्रदेश

कपिलवस्तुमा मोटरसाइल दुर्घटना एकको मृत्यु, एक गम्भीर घाइते



कपिलवस्तु, १२ जेठ । कपिलवस्तुमा मोटरसाइल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। जिल्लाको कपिलवस्तु नगरपालिका– ३ महिता चोक नजिकको मोडमा शनिबार बिहान साढे ९ बजेतिर मोटरसाइलक दुर्घटनामा परी एक जनाको मृत्यु हो।

मृत्यु हुनेमा रुपन्देहीको सैनामैना नगरपालिका– ५ गडवाका २३ बर्षिय कुमार थारु रहेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरि बहादुर ओलीले जानकारी दिए।

तौलिहवातर्फ आइरहेको लु ४४ प १३१४ नम्बरको मोटरासाइकल अनियन्त्रित भई सडकबाट केही तल खसेको बताइएको छ। उनी मोटरासाइकलको पछाडिको सिटमा बसेका थिए। दुर्घटनामा परी उनको टाउकोमा चोट लागेका थियो । त्यसपछि उनलाई उपचारका लागि तौलिहवा अस्पतालमा लगिएको र उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै,मोटरसाइलक चालक गडवा गाउँकै ३८ बर्षिय निर कुमार थारु गम्भीर घाइते भएका छन्। उनको कपिलवस्तु अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि युनिभर्सल मेडिकल कलेज भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : १२ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६