प्रदेश

लुम्बिनी प्रदेशमा १० महिनामा ४० प्रतिशतमात्र बजेट खर्च



कपिलवस्तु, १२ जेठ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको १० महिनामा ४० प्रतिशतमात्रै बजेट खर्च गरेको छ । वैशाख मसान्तसम्म लुम्बिनी प्रदेशमा चालु र पुँजीगत बजेट खर्च प्रतिशतको हिसाबले बराबरजस्तै रहेको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार वैशाख मसान्तसम्म कुल बजेटको ४०.२३ प्रतिशत रकम खर्च भएको हो । पुँजीगततर्फ विनियोजित रकमको ४०.२१ प्रतिशत र चालुतर्फ ४०.२७ प्रतिशत खर्च भएको कार्यालयले जनाएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख दीपक ज्ञवालीले चालु आर्थिक वर्षका लागि विनियोजित ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँ बराबरको बजेटमध्ये चालुतर्फ १७ अर्ब २२ करोड रुपैयाँ छुट्याइएको छ । जसमा वैशाख मसान्तसम्म ६ अर्ब ९३ करोड खर्च भएको छ ।

यस्तै पुँजीगततर्फ विनियोजित २३ अर्ब २५ करोड रुपैयाँमध्ये ९ अर्ब ३५ करोड रुपैयाँ खर्च भएको कोष नियन्त्रक कार्यालयले जनाएको छ । चालु आर्थिक वर्ष सकिन जम्मा दुई महिनामात्र बाँकी रहेकाले निरन्तर खर्च गर्दा पनि कुल खर्च ६५ प्रतिशतसम्म पु¥याउन सकिने कार्यालय प्रमुख दीपक ज्ञवालीको भनाइ छ । गत आर्थिक वर्ष प्रदेश सरकारले कुल बजेटको ७१ प्रतिशत खर्च गरेको थियो ।

प्रकाशित : १२ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६