प्रदेश

मञ्जुश्रीका अध्यक्षलाई यस्तो सर्तमा छोडियो, सर्तपुरा नभए मुद्धा प्रकृयामा जाने



बाणगंगा, १२ जेठ । कपिलवस्तुको बाणगंगा नगरपालिकामा शाखा कार्यालय बनाई सेवा संचालन गरिरहेको मञ्जुश्री बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड भाग्नबाट तत्कालको लागि छेकिएको छ ।

खाइ नखाई आफूहरुले दुख गरेर जम्मा गरेको रकम अपचलन गर्न लागेको थाहा पाएपछि शुक्रबार बचत कर्ताले वडा नम्बर ४ तौलिहवा रोडमा रहेको सहकारीको कार्यालय घेराउ गरेपछि भाग्नबाट छेकिएको हो ।

बचत कर्ताले सहकारी घेराउ गर्दै प्रहरीलाई पनि बोलाएका थिए । आवश्यक सोधपुछपछि सहकारीका अध्यक्ष खेमराज भण्डारीलाई इलाका प्रहरी कार्यालय पिपरा लगिएको थियो । त्यसपछि बचत कर्ता पनि प्रहरी कार्यालय पुगी बिभिन्न सहमति गरेका छन् ।

प्रहरी निरिक्षक गोपाल रायमाझीका अनुसार सहकारीले बचत फिर्ता लैजाने चाहेका बचत कर्ताको रकम फिर्ता दिने, सटही नभएका चेकहरू साट्ने, एक सातासम्म विश्वासको बातावरण बनाउने, बचतको रेकर्ड दुरुस्त बनाउनुपर्ने, आगामी दिनमा यस्तै बदमासी भेटिए मुद्धा प्रकृयामा जाने गरी दुवै पक्षबीच सहमति भएको बताए । सहमति भएपछि बचत कर्ता आआफ्नो घर फर्किएका छन् ।

केहि बचत कर्ताले यस्ता सहकारी संचालक तुरुन्त मुद्धा दायर गरी कारबाहीको लागि आग्रह गरे पनि एक साताको लागि समय दिइएको रायमाझीले बताए ।

एक सातासम्म विश्वासको वातावरण नबनाउने र बचत कर्ताको माग अनुसार नगए आफूले थप कारबाही प्रकृया अघि बढाउने उनले बताए । प्रहरीले सहकारी संचालनका नागरिकता, कागजात लगायत राखेर पठाएको छ ।

अध्यक्ष भण्डारीले ब्यवस्थापनको जिम्मा पाएको व्यक्तिबाट लापरबाही हुँदा समस्या भएको स्विकार गरे । अहिले एकै ब्यक्तिको रकम दिन नसकिने भन्दै केहि समय दिन पनि उनको आग्रह छ ।
बुटवलमा रहेको शाखामा पनि समस्या भएपछि स्थानीयले घेराउ गरेपछि कपिलवस्तुमा पनि असर परेको भन्दै सहकारी समस्यामा नरहेको उनले दावी गरे ।

सबै समस्या समाधान हुने भन्दै नआत्तिन र आक्रोशित नहुन उनको आग्रह छ । सहमति कार्यान्वयन नभए भोलिको नतिजा नराम्रो हुने बच कर्ताले चेतावनी दिएका छन् । बाणगङ्गामा शाखामा सयौँ ब्यक्तिको करिब ५० र ६० लाख रुपैयाँ जम्मा भएको अनुमान छ । यद्यपी सहकारीका बचत कर्ताको विवरण र जम्मा भएको रकमबारे सहकारीले विवरण बताउन सकेको छैन । यसबाट पनि सहकारीले शंकाको वातावरणलाई बलियो बनाएको छ ।

विगत केहि बर्षदेखि ३ तले घर भाडामा लिएर कारोबार गरिरहेको सहकारी केहि समयअघि रेडियो मुनि तल पट्टीको एक सानो घरमा सरेको थियो । शाखा सर्दादेखि नै बचत कर्ताको शंका थियो अमृता घिमिरेले भनिन् ‘बुटवल पनि घेराउ भएको थाहा पाएपछि हामी कार्यालय घेराउ गर्न आएका हौँ । बुझ्दा उनीहरु रकम खाएर भाग्न लागेका रहेछन् ।’

‘एकै पटक भाग्न सम्भव नभएपछि सहकारीले विस्तारै प्रकृया सुरु गर्दै थियो । बुटवल घेराउपछि समस्या आउने सहकारीको पूर्व आंकलन नै थियो’, बचत कर्ता भन्छन् ‘त्यसैले उनीहरुले शाखा सारेका रहेछन् । राम्रा कर्मचारी हटाएका रहेछन् । समयमा थाहा नपाएको भए हाम्रो रकम बालुवामा पानी हुने रहेछ ।’

मिडियाबाट समयमै थाहा पाउँदा आफूहरु ठगिनेबाट जोगिएको भन्दै उनले धन्यबाद दिइन् । उनका अनुसार कर्मचारीले जम्मा गरेको रकम व्यवस्थापकले रेकर्डमा नराखेर झोलामा पोको पारी हिँड्ने गर्थिन् ।

सहकारीले बिभिन्न शाखामा अहिलेसम्म करिब ७ करोड जम्मा गर्न सफल भएको अध्यक्ष भण्डारीले प्रहरीसमक्ष बताएका थिए । त्यसमध्ये ४ करोड रुपैयाँ बिभिन्न प्रयोजनमा लगानी भएको उनले बताए । प्रहरीले बाँकी ३ करोड रकम कहाँ लगानी भएको छ भनेर पनि सोधपुछ गर्दा अध्यक्ष अक्क न बक्क भएका थिए । यसबाट पनि थाहा हुन्छ कि मञ्जुश्रीले ठाउँठाउँमा रकम अपचलन गरेको छ । सहकारीले बिभिन्न शाखाबाट ३ करोड बढी गोलमाल गरेको आशंका गर्न सकिन्छ ।

एक बचत कर्ताका अनुसार त्यहाँको व्यवस्थापकले जम्मा भएको रकम साँझ पोको पारेर जाने गरेको आफूले थाहा पाएको बताइन् । कर्मचारीले पनि ४ र ५ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् ।

बाणगङ्गामा पैसा जम्मा गर्नेहरु निम्न स्तरको परिवारदेखि उच्च स्तरकासम्म छन् । श्रोतका अनुसार एक जनाबाट ५ हजारदेखि लाखौँ रुपैयाँसम्म जम्मा भएको छ ।

सहकारीले तरलता अभावका कारण संस्थाको कहिले शाखा काउन्टर सेवा बन्द गर्ने, कहिले खोल्ने, कहिले ताला लगाउने गरेको थियो । त्यसपछि शंका लागेर कार्यकर्ताहरु घेराउमा पुगेका हुन् । यसअघि बुटवलको कार्यालय पनि जनताले घेरका थिए ।

प्रकाशित : १२ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६