प्रदेश

नेपाल फार्मेसी संघ कपिलवस्तुको कार्यालय स्थापना 




कपिलवस्तु, १३ जेठ । 
नेपाल फार्मेसी संघ कपिलवस्तुले  तौलिहवामा कार्यालय स्थापना गरेको छ । संघले एक कार्यक्रमको आयोजना गरेर कार्यालय स्थापना गरेको हो । कार्यालयको कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलले उद्घाटन गरेका हुन् । नगर प्रमुख पौडेलले नेपाल फार्मेसी संघ कपिलवस्तुले जनताको स्वास्थ्यका लागि खेल्नु पर्ने भूमिका प्रभावकारी रुपमा पुरा गर्न आग्रह गरे । उनले व्यवसाय मात्रै नभएर सामाजिक सेवा भावमा पनि अग्रसर हुन सुझाए । 


यस्तै कार्यालय उद्घाटनकै अवसर पारेर संघले अभिभुखिकरण तालीम पनि गरेको थियो ।  तालिममा चुस्त दुस्त ढङ्गले  औषधी व्यवसाय सञ्चालन गर्न फर्मासिस्ट हरूलाई सिकाइएको थियो । तालिममा कानुनको अधीनमा रहि कसरी व्यवसाय सञ्चालन गर्ने भन्ने विषयमा अभिभुखिकरण गराइएको छ । 


कार्यक्रममा नेपाल फार्मेसी संघ लुम्बिनी प्रदेश अध्यक्ष गोविन्द तिवारी, कपिलवस्तु नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष प्रकाश गैरे, तौलिहवा उधोग वाणिज्य संघका अध्यक्ष गयादिन कुर्मी, नेपाल फार्मेसी संघ रूपन्देहीका अध्यक्ष गणेश सेठाइ, औषधी व्यवसायी संघ कपिलवस्तुका प्रतिनिधि मनिराम पाण्डे,  औषधि व्यवसायी संघ कपिलवस्तुका सह कोषाध्यक्ष मनोजकुमार केसी, औषधि व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष भानुल्लाह खाँको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल फार्मेसी संघ कपिलवस्तुका अध्यक्ष रमेश शर्माको अध्यक्षता, संघका उपाध्यक्ष अम्बिका केसीको स्वागत रहेको कार्यक्रमको सञ्चालन  संघका सचिव विशाल गुप्ताले गरेका थिए ।  कार्यक्रममा ५० बढि व्यवसायीको उपस्थिति रहेको थियो । 

प्रकाशित : १३ जेष्ठ २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६