प्रदेश

कपिलवस्तुमा पोलियो रोग विरुद्धको खोप अभियान सुरु



तौलिहवा, १३ जेठ । कपिलवस्तुको दश स्थानीय तहमध्ये सात स्थानीय तहमा पोलियो रोग विरुद्धको आईपिभि खोप अभियानको शुभारम्भ गरिएको छ । कपिलवस्तुको सदरमुकाम तौलिहवा स्थित बुद्ध पद्म माध्यमिक विद्यालयमा एक कार्यक्रममा आयोजना गरी खोपको शुभारम्भ गरिएको हो । जिल्लाका ३१ हजार ४ सय ६७ जना बालबालिकालाई पोलियो रोग विरुद्धको आईपीभी खोप लगाइने छ ।

पाँच वर्ष मुनिका बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत जेठ १३ गतेदेखि २६ सम्म सम्बन्धित पालिकाका विद्यालय र खोप केन्द्रमा खोप लगाइने भएको हो । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका खोप अधिकृत दिपाकर महर्जनका अनुसार २०७३ देखि २०७५ सम्म जन्मेका र उक्त अवधिमा नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई खोप अभियान सञ्चालन गरिएको बताउनुभयो । खोप लगाउन ६ सय ९६ वटा खोप केन्द्र निर्धारण गरिएको उहाँको भनाई छ ।

नेपालमा २०७३ जेठदेखि २०७५ असोजसम्म आईपीभी खोपको अभाव भएको थियो । स्वास्थ्य कार्यालयका प्रमुख नारायण प्रसाद चौधरीका अनुसार जिल्लाको कपिलवस्तु, शिवराज, महाराजगन्ज, बाणगंगा, कृष्णनगर, बुद्धभुमि नगरपालिका र विजयनगर गाउँपालिकामा जेठ १३ गते देखि र यशोधरा, मायादेवी र शुद्धोधन गाउँपालिकामा जेठ १६ गते देखि खोप लगाइने बताउनुभयो ।

खोप अभियानका लागि जिल्लामा दुई सय स्वास्थ्यकर्मी र १३ सय ९२ स्वयंसेवक परिचालन गरिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रकाशित : १३ जेष्ठ २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६