अर्थ-वाणिज्य

सामुदिायक वन उपभोक्ता महासंघ कपिलवस्तुले मनाए २९ औँ स्थापना दिवस



पशुपति गिरी,कपिलवस्तु । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल कपिलवस्तुले २९ औँ स्थापना दिवस मनाएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपालको २९ औ स्थापना दिवस तथा अन्तरक्रीया कार्यक्रम सम्पन्न गरेको हो ।

वन समुदायहरुको पदाधिकारीहरुको उपस्थितिमा महासंघले आफ्नो स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसर पारी महासंघले अन्तरक्रीया कार्यक्रम पनि गरेको छ । सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला कार्य समिति कपिलवस्तुले गरेको भव्य कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका बुद्धभुमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले दुखले सामुदायिक वन र महासंघको कार्यनिति र सहजतालाई यहा सँम्म ल्याईएको जनाए ।

अहिले महासंघ र सामुदायिक वनहरु सहज रुपमा संञ्चालन हुनका लागि बिगतमा आफुहरुले ठुलो मेहनत र संघषै गरेको उनले सम्झीए । श्रेष्ठ आफु पनि सामुदायिक वनमा काम गर्दै गर्दा वन वातावरणलाई नजिक बाट चिनेको जनाए । उनले कपिलवस्तुमा वनको संरक्षण र सहि सदुपयोगका लागि सबैखाले पहल र सहयोग गर्ने जनाए ।

उक्त कार्यक्रमका विशिष्ट अतिथी तथा डिभिजन वन कार्यालय कपिलवस्तुका का प्रमुख विजय।ाज सुवेदीले अझै पनि सामुदायिक वनको निति तर्जुमाहरुमा समस्या रहेको वताए । कार्यक्रममा सामुदायिक वनहरुलाई आर्थिक कारोवारमा सहज गर्न अनिवार्य प्यान नम्वरको बारेमा पनि शिक्षा प्रदान गरिएको छ । पछिल्लो समय संस्थागत होस या व्यक्तिगत कारोवारहरु अनिवार्य रुपमा प्यान नंं को आवश्यकता पर्ने भन्दै सबै सामुदायिक वनलाई प्यान नं बनाउन पनि आह्वान गरिएको छ ।

त्यसैगरी महासंघकी केन्द्रिय सदस्य बालिका बुढाथोकीले जिल्लामा रहेको सामुदायिक वनहरुलाई क्रियाशिल बनाउन महासंघ सक्रिया रहेको जनाउनु भयो । उहाँले महासंघले सामुदायिक वनको लेखा जोखा र निगरानी गरिहेको र आवश्यक कार्य निति अनुसार वनको संरक्षणमा ध्यान पुराईरहेको समेत बताउनु भयो ।

उक्त कार्यक्रममा साउदायिक वन महासंघका प्रदेश उपाध्यक्ष हुमनाथ भट्टराई ,बाणगंगा नगरपालिकाका वडा नं. ८ का वडा अध्यक्ष बाबुराम अर्याल लगायतले आ आफ्नो धारणा तथा महासंघको २९ स्थापना दिवसको शुभकामना समेत दिनुभएको थियो । लेम बहादुर गुरुङको सञ्चालनमा भएको कार्यक्रममा जिल्ला स्थित सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, जिल्ला स्थित पालिका महासंघका अध्यक्ष, पदाधिकारीहरू, उपभोत्ता लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित : १८ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६