प्रदेश

सहकारीको एक करोड लगानीमा फास्ट चार्जिङ स्टेशन



रुपन्देही, २० जेठ । रुपन्देहीको एक सहकारीले विद्युतीय गाडीलाई लक्षित गरी फास्ट चार्जिङ स्टेशन सञ्चालन गर्ने भएको छ । बुटवलको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्थाले पूर्व पश्चिम राजमार्गबाट बुटवल अन्तर्राष्ट्रिय प्रदर्शनीस्थलको सय मिटर उत्तरतर्फ चार्जिङ स्टेशन सञ्चालनमा ल्याउन लागेको हो ।

एक करोड लगानीमा ३ वटा मेसिन जडान गरी जेठभित्र सञ्चालनमा ल्याउने तयारी गरेको पत्रकार सम्मेलन गरी संस्थाले जानकारी दिएको हो ।

संस्थाका अध्यक्ष कृष्णप्रसाद अर्यालले तीन वटा मेसिनबाट एक पटकमा ६ वटा गाडी चार्ज गर्न सकिने बताउनुभयो । गाडी चार्ज गर्दा लाग्ने शुल्क अनलाइन माध्यमबाट भुक्तानी गर्न मिल्ने गरी सहकारीको कार्यालयमा सफ्टवेयर जडान भएको उहाँको भनाइ छ । भविष्यमा आवश्यकता अनुसार चार्जिङ मेसिन थप्न सकिने अध्यक्ष अर्यालले बताउनुभयो ।

चार्जिङ स्टेशनसँगै स्तरीय क्यान्टिन पनि सञ्चालन गर्नुपर्ने नियम अनुसार त्यसको पनि तयारी भइरहेको उहाँको भनाइ छ । चार्जिङ स्टेशन सञ्चालनपछि सहकारी सेयर सदस्य र विद्युतीय गाडी प्रयोगकर्ता सबैलाई सहज हुने संस्थाले विश्वास लिएको छ ।

पहिलो चरणमा गुल्मीका एक बस व्यवसायी समितिसँग ९ वटा गाडी नियमित चार्जिङ गर्ने सम्झौता भइसकेको र अरुसँग पनि गर्ने प्रक्रिया चलेको सहकारीका बहुउद्देश्यीय विभाग माधव गौतमले बताउनुभयो ।

बहुउद्देश्यीय सहकारीको मानयता अनुसार भविष्यमा कृषि, पशुपालनलगायतका काम पनि गर्ने लक्ष्य रहेको उपाध्यक्ष माया गौतमले जानकारी दिनुभयो । वि.सं २०५५ सालदेखि कारोबार सुरु गरेको सहकारीमा अहिले २०४८ सदस्य रहेका सहकारीका नरबहादुर रजालीले बताउनुभयो ।

प्रकाशित : २० जेष्ठ २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६