प्रदेश

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु



घोराही, २० जेठ । दाङको बङ्गलाचुली गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो बङ्गलाचुली गाउँपालिका–४ को जुम्लेपानी–पुरुङछेडा सडकअन्तर्गत मौवालेकमा रा ३ प ५७९१ मोटरसाइकल दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार बंगलाचुली गाउँपालिका–४ निवासी ३२ वर्षीय खेतुलाल नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो ।

नायव उपरीक्षक मल्लका अनुसार दुर्घटनामा गम्भीर घाइते नेपालीको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो । मोटरसाइकल चालक बंगलाचुली गाउँपालिका–३ निवासी ३८ वर्षीय चेतप्रसाद डाँगीको घोराहस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भैरहवा रिफर गरिएको छ । साँगुरो र अप्ठेरो सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल सडकबाट करिब ४ मिटर तल खसेको थियो ।

प्रकाशित : २० जेष्ठ २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६