प्रदेश

बाणगंगा बाट १९ वर्ष १० महिनापछि एक प्रतिवादी पक्राउ



कपिलवस्तु, २० जेठ । कपिलवस्तुको बाणगंगा बाट फरार एक प्रतिवादी १९ वर्षपछि पक्राउ परेका छन । कर्तव्य ज्यान सम्बन्धी मुद्दामा फरार रहेका होमनाथ पौडेललाई १९ वर्ष १० महिनापछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको ।

२०६१ साल असार २९ गते रातको समयमा साविक गजेहडा गाविस वडा नं.७ हाल बाणगंगा नगरपालिका वडा नं.४ डुगा स्थित आफ्नै घरमा आफु सुत्ने कोठा भित्र २२ बर्षीय दुर्गा पौडेल मृत अवस्थामा फेला परेका थिईन् । सोही मुद्दामा वारदात पश्चात फरार रहेका पौडेल गैडाकोट नगरपालिका ५ बाट प्रहरीले पक्राउ गरेको जनाएको छ ।

ईलाका प्रहरी कार्यालय पिपराले अदालतबाट दिन ५ को म्याद थप भएको जनाएको छ । पौडेललाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २० जेष्ठ २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६