अर्थ-वाणिज्य

बजेटलाई ट्रयाकमा ल्याउने काम भएको छः स्वर्णिम वाग्ले



काठमाडौं, २२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेले सन्तुलित बजेट आएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै उनले समग्रमा सन्तुलित बजेट आएको बताएका हुन् ।

विगतका बजेटसँग तुलना गर्दै उनले भने, ‘समग्रमा बजेट सन्तुलित आएको छ । यसपटक बरालिएको बजेटलाई ट्रयाकमा ल्याउने काम भएको छ ।’

कुनै पनि मुलुक आर्थिक रूपमा सबल हुनका लागि लक्ष्य निर्धारण गर्नुपर्ने र त्यसलाई समयसमेत यकिन गरेर जानुपर्ने बताए । प्रस्तुत बजेटले पनि केही लक्ष्य निश्चित गरेको उनले बताए ।

‘अर्थमन्त्रीले जानेर वा नजानेर केही मिसन मोडको पहिचान गर्नुभएको छ’ वाग्लेले भने ।

अर्थमन्त्रीले तय गरेका मिसन मोडहरूमा डिटिलाइजेसन, ऊर्जा, पर्यटन, कृषि र हरित औद्योगीकरण रहेको उनले औंल्याए ।

प्रकाशित : २२ जेष्ठ २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६