प्रदेश

एमाले रुपन्देहीको १० औँ अधिवेशन ८५३ प्रतिनिधि



बुटवल, २२ जेठ । नेपाल कम्युनिस्ट पार्टी एमाले जिल्ला कमिटी रुपन्देहीको १० औँ जिल्ला अधिवेशन बुधवारदेखि भैरहवामा हुने भएको छ ।

दुई दिनसम्म सञ्चालन हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमाले प्रचार समितिले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

अधिवेशनमा पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव छविलाल विश्वकर्मा, सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज प‌द्मा अर्याल, जिल्ला इन्चार्ज दलबहादुर राना, पोलिटब्युरो सदस्यहरू लीला गिरी, दधिराम न्यौपाने, खिमलाल भट्टराई लगायत विभिन्न तहका नेताहरूको उपस्थिति रहने प्रचार विभाग प्रमुख हितराज पन्थीले जानकारी दिए ।

जिल्लाको १६ पालिकाका १५५ वडा, २३ जनसङ्गठनबाट र आयोजक कमिटीबाट चयन भएका कुल ८५३ जना प्रतिनिधि अधिवेशनमा सहभागी हुने छन् ।

एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले पार्टीलाई नेतृत्व सर्वसम्मत बनाउने प्रयास हुने बताए । उनले रुपन्देहीमा अधिकांश अधिवेशनमा पार्टीको सर्वसम्मत भएको उल्लेख गर्ने यो अधिवेशनमा बजार आएका नामबाट नै सर्वसम्मत हुने सम्भावना धेरै रहेको बताए ।

रुपन्देही अध्यक्षमा हालका अध्यक्ष तेजेन्द्र के.सी. सचिव यज्ञ पोखरेल, सैनासैना नगरपालिका पूर्व मेयर चित्र बहादुर केसीले दाबी गरेका छन् । तर नेतृत्व सर्वसम्मत बनाउन पहल हुने जिल्लास्तरका नेताहरू बताउँछन् ।

रुपन्देहीमा एमालेका १७ हजार ९८ पार्टी सदस्य सङ्गठित रहेको दाबी गरिएको छ । भैरहवामा आयोजना हुने अधिवेशनमा प्रतिनिधिसहित उद्घाटन सत्रमा ३ हजार ५ सय भन्दा बढीको उपस्थिति रहने बताइएको छ ।

प्रकाशित : २२ जेष्ठ २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६