गुल्मी, २९ जेठ । गुल्मी सदरमुकाम तम्घास नजिकै टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अर्घाखाँचीको छत्रदेव ७ नेटाबाट तम्घास देउराली जाँदै गरेको ना ८ ख ६६४४ नम्बरको टिपर दुर्घटनामा परेको हो ।
दुर्घटनामा चालक अर्घाखाँचीको सन्धिखर्क ८ का २६ वर्षीय रामलाल पुरीको निधन भएको प्रहरीको भनाइ छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
सडकबाट ६० मिटर तल खस्दा तीन जना घाइते भई उपचारका लागि गुल्मी अस्पतालमा ल्याएकोमा चालक पुरीलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डिएसपी शङ्कर पोखरले बताए ।
दुर्घटनामा सन्धिखर्क ८ कै ३३ वर्षीय रिसभ केसी र अर्घाखाँची जिल्ला शीतगंगा नगरपालिका २ बस्ने २९ वर्षीय नवीन घिमिरे घाइते भएका छन् । घाइतेमध्ये केसीको अवस्था गम्भीर रहेको र दुवै जनालाई थप उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया