बाणगङ्गा, ३१ जेठ । बाणगङ्गा नगरपालिका वडा नं. ५ कोपवा स्वास्थ्य चौकीमा विहीबार छाला रोग तथा कुष्ठरोग खोजपड्ताल शिविर सम्पन्न सम्पन्न भएको छ । शिविरमा २ सय ३३ जनाले निशुल्क चेकजाँच तथा परार्मश लिएका छन् । जसमा महिला १ सय ६२ र पुरुष ७१ जनाले चेकजाँच गराएका हुन् । शिविरमा ४ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । यस्तै ४५ वर्ष नाघेका १ सय ४५ जनाले निशुल्क जाँच गराएका छन् । स्वास्थ्य शिविर सञ्चालनका समय र पैसको बचत भएको भन्दै स्थानीय भने हर्षित भएका छन् ।
वडामा कुष्ठरोगका बिरामी पत्ता लगाएर यसलाई नियन्त्रण गर्ने उद्देश्यले यो शिविर सञ्चालन गरिएको कोपवा स्वास्थ्य चौकी प्रमुख जीवन खनालले बताउनुभयो ।
यता वाणगङ्गामा अहिले २३ जना कुष्ठरोगका बिरामी रहेको नगरको स्वास्थ्य शाखाले जनाएको छ । शिविरमा छाला कुष्ठरोगका विरामी मात्रै नभई पे्रसर, सुगर लगाएतका अन्य बिरामीहरूलाई पनि निशुल्क चेकजाँच, परामर्श सेवा तथा औषधी प्रदान गरिएको छ । शिविरमा पिपरा अस्पतालका मेसु तेजेन्द्र प्रसाद चौधरी , जनस्वास्थ्य निरीक्षक हिमलाल घिमिरे, राजु सुनारी लगायतको टोलीले चेकजाँच गरेको हो । भने स्वास्थ्यकर्मी पुनम रोकाहा, रैमती गर्भुजा , गीता आचार्य, संगीता पाण्डे लगायतले चेकजाँचमा सहयोग गर्नुभएको थियो ।
शिविरको औपचारिक उद्घाटन कार्यक्रम वडा नंं ५ का वडा अध्यक्ष दुनिका भुसालको अध्यक्षता, नगर उपप्रमुख रिता कुमारी चौधरीको प्रमुख आतिथ्यता, प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीको विशिष्ट आतिथ्यमामा सम्पन्न भएको हो । यस्तै स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल, ईलाका प्रहरी कार्यलय कोपवाका प्रमुख महेश प्रसाद पन्त, जनप्रतिनिधी, टोल विकास संस्थाका प्रतिनिधि, समाजसेवी बुद्धिजीवी स्थानीय लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सि अहेव अग्नि भेष गौतमको सञ्चालनमा सम्पन्न भएको हो ।
प्रतिक्रिया