प्रदेश

कटान आदेशबिनै काटियो कपिलवस्तु अस्पतालका रुख



कपिलवस्तु, ०६ असार ।

कपिलवस्तुको सदरमुकाम तौलिहवामा रहेको कपिलवस्तु जिल्ला अस्पताल । त्यही अस्पताल जहाँ पुग्दा चर्को गर्मी शितल छहारी खोज्नु हुन्छ । त्यो पाउन सक्नु हुन्न । २ महिना अगाडि सम्म अस्पताल परिसरमा रुखहरु रहेका थिए । तर अहिले ति रुख काटेर उजाड बनेको छ । परिसर भित्रका ९ ओटा रुख गैर कानुनी रुपमा गोलिया र दाउरामा परिणत भई सकेको छ । सुटुक्क रुख काटिए पछि अस्पतालमा आउने सेवाग्राही शितल खोज्न अस्पताल भवनको सहारा लिनु परेको छ ।

कपिलवस्तु अस्पताल प्रशासनले वन कार्यालयको अनुमती नलिई रुख काटिएको रहस्य बाहिर आएको छ । अस्पतालले प्रकृया पुरा नगरी २ महिना अगाडि रुख काटेको छ । सिसौ, आँप शिर्षा फूल लगायतका रुख पूर्व मेसु विपिन जयसवालको मिलोमतोमा काटिएको रहस्य खुलेको छ । मेसु जयसवालले सुटुक्क रुख कटान गर्ने मानिस बोलाई रुख काटेका थिए । काटिएका रुखका गोलीया अहिले अलपत्र अवस्थामा रहेको छ । न त्यसको कुनै लेखाजोखा छ त कुनै कागजात नै छ ।

सार्वजनिक स्थलका रुखका काट्नको लागि जिल्ला प्रशासन कार्यालयको बैठकले स्विकृत हुनु पर्ने नियम छ । बैठकले अवस्था विश्लेषण गरी काट्नु पर्ने नपर्ने औचित्य ठहर गर्छ । त्यसपछि मात्र रुख काट्न पाउने नियम रहेको छ । तर प्रकृया पुरा नगरी रुख काटिए पनि सरोकारवाला निकाए मौन रहेका छन् । अस्पतालमा रहेको एउटा रुख सुकेपछि समितिले कटान गर्न आवश्यक रहेको रुख काट्ने निर्णय भएपनि अन्य कुनै प्रकृया पुरा नभएको नाम नखुलाउने शर्तमा एक कर्मचारीले बताए ।

मेसु जयसवाललाई सम्पर्क गर्दा फोन नउठेपछि यसबारे अस्पताल प्रशासन प्रमुख रत्नकर शुक्लासँग बुझ्दा आफू जानकारी पाए अनुसार अस्पताल प्रशासन समितिसँग एउटा सुकेको रुख काटने निर्णय गराएको बताए । उनका अनुसार निर्णय गराएको भएपनि कुनै लिखित प्रमाण भने आफूसँग नभएको जनाए । सम्बन्धित वन कार्यालयसँग समन्वय नभएको र निकाय मौन रहेको उनको भनाई छ ।

यता डिभिजन वन कार्यालय कपिलवस्तुका वन अधिकृत सन्त थिङले वन कार्यालयसँग रुख कटान अनुमती नलिइ काटिएको बताए । उनले भने ः ‘रुख काटने भएपछि अस्पतालले वन कार्यालयसँग समन्वय गर्नुपर्ने हो तर आफूलाई कुनै विशेष जानकारी भएको छैन् ।’

प्रकाशित : ७ असार २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६