प्रदेश

नेपाल पत्रकार महासङ्घ रुपन्देहीमा तालाबन्दी



बुटवल, १५ असार । सदस्यता विवादको टुङ्गो नलगाई निर्वाचन कार्यतालिका प्रकाशित गरेको विरोधमा नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासङ्घ रुपन्देहीको कार्यालयमा तालाबन्दी गरेको छ । युनियनले शनिवार महासंघको कार्यालयमा तालाबन्दी गरेको हो ।


महासङ्घ रुपन्देही शाखाको बुटवलमा रहेको कार्यालयमा युनियनका केन्द्रीय सदस्य विजय पोखरेल रेखा भुसाल, जिल्ला सभापति कवीन्द्र नेपाल लगायतको अगुवाइमा तालाबन्दी गरिएको हो । महासङ्घ केन्द्रले निर्वाचन तालिका सार्वजनिक गरे पनि सदस्यता विवाद कायमै रहेको छ ।

नेपाल प्रेस युनियन केन्द्र शुक्रवार महासंघको केन्द्रीय कार्यालय काठमाडौँमा तालाबन्दी गरेको थियो ।

प्रकाशित : १६ असार २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६