कृषि

माओवादी केन्द्रका नेता कार्यकर्ताले गरे धान रोपाइँ



बुटवल, १५ असार । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) जिल्ला समिती रुपन्देहीले २१ औं राष्ट्रिय धान दिवसको अवसरमा आज शुभकामना आदानप्रदान तथा धान रोपाइँ कार्यक्रम गरेको छ । तिलोत्तमा नगरपालिका वडा न १२ अवस्थित कृष्ण चौधरीको खेतमा रोपाइँ गरिएको हो ।

जिल्ला समिती रुपन्देहीका अध्यक्ष टान प्रसाद पाण्डेको अध्यक्षता भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशको अध्यक्ष सुदर्शन बरालले कृषि बैज्ञानिकलाई जमिनसंग जोडी नीतिनिर्मातामा पुर्याउनु आवश्यक रहेको बताउनु भयो ।

उहाँले कृषकलाई सम्मान गर्ने बाताबरण सिर्जना नहुदा सम्म कृषिमा युबा पुस्तालाई आकर्षक गर्न नसकिने भएकाले कृषिमा आकर्षक गर्ने नीतिनिर्माता गर्न जरुरी रहेको बताउनु भयो । उहाँले कृषि उपजको आयात प्रतिस्थापनको लागि कृषिमा आधुनिकीकरण र ब्यावसायिकरण आवस्यक रहेको बताउनु भयो ।

कार्यक्रममा महासङ्घका केन्द्रिय उपमहासचिव एव रुपन्देही जिल्ला इन्चार्ज बुद्ध बस्नेतले बिचार र सिद्धान्त संगै कृषि उत्पादनमा जोडन जरुरी रहेको बताउनु भयो । कृषि मार्फत नै आर्थिक क्रान्ति गर्न सकिने र त्यसले सहिदको सपना पूरा गर्ने उहाँले बताउनु भयो । औपचारिक कार्यक्रम पश्चात् रोपाइँ सुरु गरिएको थियो । रोपाइमा माओवादी केन्द्रका नेता कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको सचिव बिष्णु प्रसाद ढकालले जानकारी दिनुभयो ।

प्रकाशित : १६ असार २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६