प्रदेश

अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्र कपिलवस्तुद्वारा रोपाइँ




कपिलवस्तु, १५ असार ।
कपिलवस्तु २१ औं राष्ट्रिय धान दिवसको अवसरमा अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्र जिल्ला समिती कपिलवस्तुले धान रोपाइँ कार्यक्रम गरेको छ । मायादेवी गाउपालिका वार्ड नं १ सेमरौटीमा नेकपा माओवादीकेन्द्रका का केन्द्रिय सचिव तथा पुर्व कृषि मन्त्रि चक्रपाणी खनाल बलदेव ले खेतमा धानको विउ रोप्दै रोपाई कार्यक्रम शुरु गरेका हुन । पुर्व शाक्य काल देखि नै राजा महाराजाहरुले धान रोपाई कार्यक्रम धुमधामले मनाउने गरेको इतिहास रहेको खनालले बताउदै कृषि उपजको आयात प्रतिस्थापनको लागि कृषिमा आधुनिकीकरण र ब्यावसायिकरण आवस्यक रहेको खनालले बताएका छन् । खनाल स्थानिय कृषक संगै अखिल नेपाल किशान महासंघ क्रान्तिकारी कपिलबस्तुका कार्यक्रर्ता विच रोपाई मा सहभागी भै रोपाई गरेका थिए । खनाले परंपरातत खेतीलाई त्यागेर आधुनिक तरिकाबाट खेती गरेर उत्पादन बढाउनु पर्ने बताएका छन् । निर्भाहमुखी र परंपरागत खेतीलाई ‘ अपार अन्न भण्डारकारुपमा रहेका जिल्लाको प्रमुख बालीकारुपमा रहेको धान खेतीको स्तर अझ माथी उठाउनु पर्ने बताएका छन् । त्यसकालागि प्रबिधिको प्रयोग बढाउदै लागतमा कमी ल्याउनु प्रर्ने जमिन्दारीप्रथाको अन्त्य गर्दै सोचमा समेत परिवर्तन हुनु पर्ने खनाले बताएका छन् । तराई को जिल्लाहरु कृषि उपजको भन्डार रहेको यसलाई आधुनिकरण गर्नु पर्ने जिल्ला संयोज विण्णु वेलवासे बताएका छन् । लुम्विनीमा सवभन्दा बढी धान खेती कपिलवस्तु जिल्लामामा हुने गरेको उनले जानकारी दिए । धान रोपाइँ कार्यक्रम माओवादी केन्द्रका केन्द्रिय सदस्य कमल चुदाँली,जिल्ला इन्चार्ज रुद्र बन्जाडे ,अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्र का लुम्विनी प्रदेश उपाध्यक्ष नारायण भुषाल , प्रदेश सदस्य मेहम्मद सलिम अन्सारी जिल्ला अध्यक्ष राम वेलास यादव, माओवादी केन्द्र मायादेवी गाउपालिका अध्यक्ष राघवेन्द्र पाण्डे , जिल््ला समिती सदस्य संजय पासी लगाएत उक्त कार्यक्रममा माओवादी केन्द्रका नेता कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमा कृषहरुले सहभागी अतिथि सबैलाई दही चिउरा खुवाएर स्वागत गरेका थिए । कार्यक्रमले कृषकहरुमा उत्साह थपे पनि सिंचाई, उन्न बीउ, मल लगातयको समस्याले आफुहरुलाई सधै पिलोली रहने कृषक हरुकोे ग्ुनासो गरेका थिए ।
यस्तै अखिल नेपाल किशान महासंघ कपिलबस्तुले पनि वाजा गाजा सहित वाणगंगा नगरपालीका ५ कोपवामा दिवसका अवसरमा रोपाई महोत्सव गरेको महासंका अध्यक्ष रेशम केसीले बताएकाछन् ।
कपिलबस्तुमा धान बाली प्रमुख बाली रहेको भन्दै जिल्लामा ७५ हजार मेट्रिक टन धान बचत हुने गरेको कृषि ज्ञान केन्द्र ले जनाएको छ । ज्ञान केन्द्र अनुसार मध्य असारमा जिल्लामा ५ प्रतिकशत बढी रोपाई भएको छ ।

प्रकाशित : १६ असार २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६